दूधकोसी जलविद्युत् आयोजना सुरु !

खोटाङ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा […]

Continue Reading

श्रीलङ्कामा स्वास्थ्य अवस्था आपतकालीन घोषणा !

कोलम्बो । श्रीलङ्कामा औषधिको चरम अभावका कारण मङ्गलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ। देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसनको आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपतकालीन सामान्य समितिको बैठकपछि यो निर्णय घोषणा गरिएको डेली मिररले जनाएको छ। जीएमओए सेक्रेटरी डा सेनाल फर्नान्डोले आपतकालीन स्वास्थ्य अवस्था घोषणा गर्ने यो निर्णय […]

Continue Reading

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १६० रुपैयाँ पुग्यो

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ।  निगम संचालक समितिको मंगलबार बसेको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।  यससँगै  काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल र डिजेल–मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ कायम गरिएको छ […]

Continue Reading

सुन-चाँदीको मूल्य लगातार घट्दै, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुन-चाँदीको मूल्य घटेको छ।  आज सुन प्रतितोला ९८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।  त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १३ सय पचास रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।  आइतबारको […]

Continue Reading

खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा ३ बालबालिकाको मृत्यु !

सिन्धुपाल्चोक । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका– ८, मानेश्वारामा स्थानीय मिनबहादुर तामाङको घरमा ग्यास विस्फोट भएको हो । विस्फोटलगत्तै आगलागी हुँदा घरभित्र रहेका तीन बालबालिकाको जलेर मृत्यु भएको जनाइएको छ । आइतबार साँझ ७ बजेतिर ग्यास विस्फोट भएर घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]

Continue Reading

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु, ९ जना घाइते !

अमेरिकी राज्य क्यालिफोर्नियाको साक्रामेन्तो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। समाचार संस्था एपीका अनुसार स्थानीय समयअनुसार आइतबार बिहानै सहरको डाउनटाउनमा एक बन्धुकधारीले गोली चलाएका हुन्। सामाजिक सञ्जालमा पोष्ट भएका भिडिओहरूमा गोली चलेको आवाजसँगै मानिसहरू सडकमा दौडिएको देखिन्छ। गोली चलेको स्थानमा भारी संख्यामा प्रहरी परिचालन भएको छ। […]

Continue Reading

६ महिना मै सरकारले सवारी भाडा ४३ प्रतिशतले बढायो !

काठमाडौं । सरकारले विगत ६ महिनाको अवधिमा सार्वजनिक तथा मालवाहक यातायातका साधनको भाडामा ४३ प्रतिशतले वृद्धि गरेको छ । यसरी अस्वाभाविक रूपमा मूल्यवृद्धि भएपछि सर्वसाधारण मारमा परेका छन् । गत असार अन्तिममा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको सरकारले पुनः १५ प्रतिशतसम्म हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । गत असारमा तत्कालीन सरकारले मन्त्रिस्तरीय निर्णय गर्दै २८ […]

Continue Reading

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु !

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो । आफन्तको घरमा बस्दै […]

Continue Reading

जसपा अध्यक्ष राईको स्पष्टोक्ति, गठबन्धनको नाममा नेपालगन्ज कसैलाई छोड्न नसक्ने !

बाँके चैत २० गते ।केन्द्रमा पाँच दलिय गठबन्धन गर्ने निर्णय भएको छ, तर स्थानीय तहको निर्वाचनमा तालमेल हुने सम्भावना कम देखिएको छ । त्यसैमा नेपालगन्ज उपमहानगरमा गठबन्धनका सवै दलले आ–आफ्नो अडान कायम राखेपछि तालमेलको सम्भावना टर्दै गएको छ । स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरेको दुई दिन नबित्दै जनता समाजबादी पार्टी बाँके […]

Continue Reading

गाडी भाडा १५ प्रतिशतसम्म बढ्यो , कुन रुटमा कति पुग्यो !

२० चैत, काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत व्यवस्था विभागले जनाएको छ । यात्रुबाहक […]

Continue Reading