बराबर मत आएपछि गोलाप्रथाबाट वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी !

मनाङ । मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी भएका छन् । निर्वाचनमा उनको र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०–३० मत आएको थियो । त्यसपछि गोलाप्रथा हुँदा कैले गुरुङ विजयी भएका हुन् । गुरुङ यसअघि […]

Continue Reading

मतगणनामा प्रतिनिधि राख्न नदिएको भन्दै बालेन शाहकाे आपत्ति !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले मतगणनामा प्रतिनिधि राख्न नदिएको भन्दै आपत्ति जनाएका छन्। उनले मध्यराति सामाजिक सञ्जालमार्फत् आफत्ति जनाएका हुन्। ‘५ जना स्वतन्त्रको एक जना साझा प्रतिनिधि भन्ने कुरा कानुनी, व्यवहारिक र लोकतन्त्रको कसीमा हदैसम्मको अन्यायपूर्ण छ र यो लोकतन्त्रको विरुद्धमा छ। यसले विवादको सिर्जना गरेर मतगणना नै शान्तिपूर्ण हुँदैन कि भन्ने शंका […]

Continue Reading

खाटमुनी लुकेको अवस्थामा,वडाध्यक्षका उम्मेदवार पक्राउ !

तेह्रथुम, २९ बैशाख । नेपाल तरुण दल तेह्रथुम जिल्ला उपाध्यक्ष सहित ३ जना कार्यकर्तालाई युवाहरु परिचालन गरेर कुटाएकाे आरोपमा तेह्रथुममा एमालेका एक वडाध्यक्षको उम्मेदवार पक्राउ परेका छन् । मंगलबार रातिको घटनापछि प्रहरी नियन्त्रणका लागि आउदा खाटमुनी लुकेको अवस्थामा उनलाई प्रहरी पक्राउ गरेको हो । पक्राउ पर्नेमा छथर गाउँपालिका वडा – २ का उम्मेदवार मनबहादुर खड्का सहित […]

Continue Reading

भारतीय वायुसेनाको विमान सुरक्षाकर्मी लिएर भैरहवा आयो !

बुटवल । भारतीय वायुसेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन जेठ २ गते लुम्बिनी भ्रमण गर्दैछन् । मोदीको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लिएर उक्त विमान बुधबार आएको बिहान आएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर शाहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ […]

Continue Reading

श्री एयरलाईनसको जहाजमा समस्या आएपछि आकस्मिक काठमाडौंमै अवतरण !

काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजकाे इन्जिनमा समस्य देखिएपछि पुन:  त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ । विमानस्थल स्रोतका अनुसार ८७ जना यात्रु लिएर उडिसकेको श्री एयरलाइन्सको उडान नम्बर–२२३ को जहाजको बायाँ तर्फको इन्जिनमा समसया देखिएको हो । उक्त जहाजको इन्जिनमा २५ माइलमा पुगेपछि समस्या देखिएको थियो । जहाजको इन्जिन सटडाउन गरेर आकस्मिक रुपमा सकुुसल […]

Continue Reading

बैंकहरु आइतबार र शनिबार पनि खुल्ने !

ठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु आइतबार र शनिबार पनि खुल्ने भएका छन् । सरकारले आइतबार र शनिबार सार्वजनिक दिने निर्णय गरेपनि बैंक तथा वित्तीय संस्थाहरु भने ती दुबै दिन खुल्ने भएका हुन् । लगातार दुई दिन विदा दिदा बैंकिङ जस्तो अत्यावश्यक सेवा प्रवाहमा समस्या उत्पन्न हुन सक्ने भन्दै नियामक निकाय नेपाल राष्ट्र बैंक र […]

Continue Reading

आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै !

काठमाडौं । नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै […]

Continue Reading

भरुवा बन्दुकसहित एक पक्राउ !

रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा एक जना व्यक्ति अवैध भरुवा बन्दुकसहित पक्राउ परेका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१४ पोबाङबाट एकनाले भरुवा बन्दुकसहित सोही ठाउँकै चन्द्रबहादुर कामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ । कामीलाई १४ नं वडास्थित सिद्धमण्डली मावि राङ्सिको मतदान केन्द्रको २०० मिटर आसपास क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब […]

Continue Reading

मर्नुअघि सञ्जुले फेसबुकमा लेखिन् ‘मिसिङ यु लभ’ !

काठमाडौं : नेपालका लागि स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मगलबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन्। मर्नुअघि सञ्जुले आफ्नो फेसबुकमा हिन्दी टेलीसिरियलको सानो भिडियो सेयर गर्दै ‘मिसिङ यु लभ’ लेखेकी थिइन्।  महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सिद्दिविक्रम शाहका अनुसार चौधरी ललितपुर लुभु स्थित सन्जय महर्जनको घरमा मृत भेटिएकी हुन्।  सञ्जय भारत्तोलनका कोच पनि हुन्। […]

Continue Reading

आज राति १२ बजेदेखि मौन अवधि, के- के गर्न पाइँदैन ?

काठमाडौं । आजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन । मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले […]

Continue Reading