भन्सारकै मिलेमतोमा तस्करी, मोटर पार्टस् बोकेको ट्याक्टर नियन्त्रणमा !

विराटनगर : मोटर पार्टस् बोकेको एउटा भारतीय नम्बर प्लेटको ट्याक्टरलाई प्रहरीले विराटनगरबाट मंगलबार राति नियन्त्रणमा लिएको छ। भन्सार छली गरेको आशंकामा मोटर पार्टस् लोड गरिएको बीआर ७ के १७२४ नम्बरको ट्याक्टरलाई विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उक्त ट्याक्टर विराटनगर भन्सार कार्यालयबाट सामानको जाँचपास गराएर गन्तव्यतिर जाँदै थियो। […]

Continue Reading

हिंसात्मक बन्दै प्रदर्शन इराकमा २० जनाको मृत्यु, राष्ट्रपति भवनमा कब्जा !

काठमाडौं । इराकमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ । धर्मगुरु मुक्तदबा अल-सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै सुरु भएको प्रदर्शन हिंसात्मक बनेको हो । बग्दादमा भएको प्रदर्शनका कारण त्यहाँ कम्तीमा २० जनाको ज्यान गएको छ । तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका […]

Continue Reading

लागुऔषधसहित बसका सहचालक पक्राउ !

१५ भदौ, वीरगञ्ज । बाराबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । सिन्धुली कालापानी गाउँपालिका- १ बस्ने २४ वर्षीय पूर्णप्रसाद दाहाल पक्राउ परेका हुन् । उनी प्रदेश २-०३-००१ ख ३६२३ नं.को रोयल सिंघम बसका सहचालक हुन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट उनलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको थियो । प्रहरी […]

Continue Reading

दुई किशोरीलाई बलात्कार गर्ने पक्राउ !

सल्यानमा दिदी-बहिनी नाता पर्ने दुई जना किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।   पक्राउ पर्नेमा कालीमाटी गाउँपालिका-४ का १९ वर्षीय छविलाल गिरी छन्। १४ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा गिरी पक्राउ परेका हुन। सोही ठाउँका २० वर्षीय मेघराज थापा भने फरार छन्।  उनीविरूद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेको छ। […]

Continue Reading

भर्ना स्थगनले गोर्खा सैनिकको भविष्यमा प्रश्न !

१३ भदौ, काठमाडौं । सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धिपछि पहिलो पटक घोषितरुपमा भारतीय सेनाको ‘गोर्खा रेजिमेन्ट’मा नेपाली युवाको भर्ती रोकिएको छ । भारतीय सेनाको ‘अग्निपथ’ योजनाबारे जवाफ माग्दै तत्कालका लागि नेपाल सरकारले भर्ना प्रक्रिया स्थगित गराएको हो । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई बोलाएर अग्निपथबारे भारत […]

Continue Reading

बालबच्चाले बिजुली पाया हुन्या थियो ‘हाम्रा दिन त यसै बाइगया,

नेपाल विद्युत प्राधिकरण भन्छ– देशमा ९० प्रतिशत विद्युतीकरण भएको छ। बाँकी १० प्रतिशत गाउँ बिजुलीविहीन छन्। यस्तै एउटा गाउँ हो सुदूपश्चिमको दुर्गम पहाडी जिल्ला बाजुराको विकट स्वामीकात्र्तिक खापर गाउँपालिका वडा नम्बर एकको रुडी गाउँ। यहाँका बासिन्दाले अझै बिजुली बाल्न पाएका छैनन्। साँझ परेपछि उनीहरूलाई सधैँ पिरोल्ने एउटै कुरा हो रातका लागि उज्यालोको जोहो। उनीहरूले झरो […]

Continue Reading

मोवाइलले बढाउँदैछ बालविवाह !

काठमाडौं । हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् । गाउँपालिकामा अधिकांशको १३ देखि १७ वर्ष उमेरमै बिहे भइसकेको हुन्छ । सूचना प्रविधिको पहुँचले बालविवाहको प्रवृत्ति झाँगिँदै गएको पाइएको छ । मोबाइल फोन, सामाजिक सञ्जाल आदिले यसलाई सहयोग […]

Continue Reading

पाकिस्तानमा बाढीपहिरोमा एक हजारभन्दा बढीको मृत्यु !

काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सय […]

Continue Reading

भरुवा बन्दुकसहित दाङमा १ जना पक्राउ !

१२ भदौ, दाङ । दाङमा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका-१ कटरूवा बस्ने ४२ वर्षीय रामबहादुर चौधरी रहेका छन् । उनलाई शनिवार गढवा प्रहरीले ज्योती सामुदायिक वनमा सिकार खेल्न गएको समयमा पक्राउ गरेको हो । चौधरीकौ साथबाट प्रहरीले लोड गरिएको एक थान भरुवा बन्दुक, १२६ वटा फलामको छर्रा र […]

Continue Reading

जीप दुर्घटना हुँदा खोलामा बेपत्ता चालक अझै भेटिएनन् !

१२ भदौ, रोल्पा । रोल्पामा शुक्रबार राति जीप दुर्घटना हुँदा खोलामा खसेर बेपत्ता भएका चालक अझै फेला परेका छैनन् । रोल्पाको माडी गाउँपालिका–४ माडी खोलामा भएको जीप दुर्घटनामा चालक नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षका वुद्धिबहादर लामा बेपत्ता भएका छन् । शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्तीगाउँतर्फ जाँदै गरेको गरेको बा ७ च ५००२ […]

Continue Reading