श्रीलंकाले सेनाको संख्या आधा कटौती गर्दै !

आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले सेनाको संख्या कटौती गर्ने भएको छ। वर्ल्ड बैंकको तथ्यांकका अनुसार श्रीलंकामा सन् २०१७ देखि २०१९ को बीचमा सबभन्दा धेरै ३ लाख १७ हजार सेना थिए। अहिले उक्त संख्या घटेर दुई लाख ७८३ छ। श्रीलंकाले अहिले भएको सेनाको संख्या कटौती गरेर साढे एक लाखसम्म पुर्‍याउन लागेको हो।  अर्को वर्षसम्म श्रीलंकाले सैनिक संख्या घटाएर एक […]

Continue Reading

धनकुटाको सिँधुवा बजारमा भीषण आगलागी, ५ घर जलेर नष्ट !

२९ पुस, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिए । ‘के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरु घर पनि […]

Continue Reading

२२ उपसमिति गठन सहित, क्यान महासंघ बाँकेको वार्षिक कार्ययोजना बैठक सम्पन्न !

नेपालगन्ज : कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) बाँकेको वर्षिक कार्ययोजना बैठक सम्पन्न भएको छ । क्यान महासंघ बाँकेका अध्यक्ष शिशिरनारायण श्रेष्ठको अध्यक्षतामा बसेको क्यान महासंघ बाँकेको वर्षिक कार्ययोजना बैठकले १२ महिना १२ कार्यक्रमको समेत योजना निर्माण गरेको छ । क्यान महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिले आर्थिक वर्ष २०७९/८० को कार्ययोजना निर्माण गरेको हो । […]

Continue Reading

२५० करोडको ‘पठान’ सँग ५० करोडको ‘गान्धी गोड्से’ भिड्दै छ !

घायल, घातक, दामिनीजस्ता सुपरहिट फिल्म दिएका राजकुमार सन्तोषी ९ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन्। ‘गान्धी गोड्स एक युद्ध’ बाट उनी निर्देशनमा फर्किन लागेका हुन्। यो फिल्म २६ जनावरीबाट हलमा प्रदर्शन हुँदैछ। मुम्बईमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ।  उक्त कार्यक्रममा शाहरूख खानको आगामी फिल्म ‘पठान’ सँग प्रदर्शन हुने बारे निर्देशक राजकुमारलाई प्रश्न गरिएको थियो। […]

Continue Reading

आयात घट्दा र रेमिट्यान्स बढ्दा विदेशी मुद्रा सञ्चितिमा सुधार

२९ पुस, काठमाडौं । रेमिट्यान्समा भएको वृद्धि र आयात घटेसँगै व्यापार घाटामा भएको संकुचनले विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै गएको छ । उच्च आयातले अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाब कम गर्न भन्दै आयातमा नियन्त्रण गर्ने नीतिले बाह्य क्षेत्रमा सुधार भएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना […]

Continue Reading

फागुनदेखि लुम्बिनी केबलकार सञ्चालनमा आउँदै !

रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरूको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने बताए।  ‘केबलकार टावरहरूको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको […]

Continue Reading

२० लाख नगद धरौटीमा छुट्दै सन्दीप लामिछाने ! 

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने आज दिउँसो अदालतले मागेको धरौटी रकम बुझाएर रिहा हुँदैछन्। उच्च अदालत पाटनले बिहीबार उनीसँग २० लाख रुपैयाँ धरौटी मागेको थियो। अदालतले  बैंक जमानत वा नगद बुझाउन भनेकाले लामिछानेले नगदै २० लाख धरौटी बुझाउन लागेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए। लामिछानेलाई धरौटीमा छोड्न न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले गरेको […]

Continue Reading

गण्डकीका मुख्यमन्त्री खगराज आज विश्वासको मत लिँदै !

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। एमाले सांसद अधिकारी गत पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले शुक्रबार दिउँसो १ बजे प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्। अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेका थिए। अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र) […]

Continue Reading

सन्दीप लामिछाने २० लाख धराैटीमा रिहा हुने !

काठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले बदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो । उक्त इजलासले १९ पन्ने आदेश जारी गरेकाे सूचना […]

Continue Reading

भोलि घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै !

काठमाडौं : एमाले छाडेका नेता घनश्याम भुसाल भोलि (शुक्रबार) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्। भुसाललाई पार्टी अध्यक्ष माधव कुमार नेपाललगायतले स्वागत गर्ने भएका छन्।  एकीकृत समाजवादीले शुक्रबार अर्याल होटलमा पत्रकार सम्मेलनको तयारी गरिरहेको छ। अध्यक्ष नेपालले भुसाललाई पार्टी प्रवेशका लागि सम्बाद गर्दै आएका थिए। आज बिहान अध्यक्ष नेपाल, उपमहासचिव प्रकाश ज्वाला र भुसालबीच […]

Continue Reading