तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा !

मलंगवा । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका नगर […]

Continue Reading

महाशिवरात्रिको दिन पशुपतिमा शङ्कराचार्यको विशेष कार्यक्रम

काठमाडौं । यस वर्ष महाशिवरात्रिमा अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवद्र्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्राचार्यको बिहीबार आगमन हुने भएको छ । उनको यही फागुन ७ गतेसम्म पशुपतिमा कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्राचीन मन्दिरको पुनःनिर्माण गरिएको र सो मन्दिरको प्राणप्रतिष्ठासहित अनावरण शङ्कराचार्यको आगमनका अवसरमा गर्न लागिएको कोषका […]

Continue Reading

पढाउन गएका शिक्षिकाहरु विद्यालयमै निदाउँछन् !

ललितपुर । ललितपुरको पुल्चोकमा एक विद्यालय छ –मदन स्मारक । यो विद्यालयमा पढाउन गएका शिक्षिकाहरु दिनभर सुत्छन् । विद्यालयमै निदाउँछन् । विद्यालयमा ६५० विद्यार्थी छन् र २३ शिक्षक छन् । विद्यार्थी उत्तीर्ण हुने प्रवृत्ति हेर्दा विद्यालय गुणस्तरीय शिक्षाका लागि राम्रो छैन । औसत नै छ । सुधारका लागि गर्नु पर्ने अनगिन्ति कामहरु छन् । तर विद्यालय […]

Continue Reading

मजदूर आन्दोलनमा लुटपाट, प्रहरी मुकदर्शक, चौतर्फी विरोध !

काठमाडौं । यातायात व्यवसायी तथा मजदूरको आन्दोलनको क्रममा गोंगबुस्थित नयाँ बसपार्क बाहिर रहेको ल्होत्से मलमा लुटपाटदेखि भौतिक संरचनामा क्षति पु¥याउने काम भएपछि यसको चौतर्फी विरोध शुरु भएको छ । अराजक शैलीमा आन्दोलनकारीले मलमा रहेका मोबाइल पसलमा छिरेर लुटपाट गरेको भन्दै नेपाल मोबाइल व्यवसायी महासंघले विरोध गर्दै क्षतिपूर्तिको माग समेत गरेको छ । घटनामा संलग्नलाई कारबाही गर्न […]

Continue Reading

रोहितको नामिबियाविरुद्धको अर्धशतकसँगै ओडीआई क्रिकेटमा  हजार रन पूरा

२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नामिबिया विरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने । रोहितले ३३ खेल खेल्दै […]

Continue Reading

मोबाइल व्यवसायीको ८ करोड भन्दा बढी लुटपाट भएको दाबी !

२ फागुन, यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ । आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ । सोमबार बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेको थियो । ल्होत्से मलमा मोबाइल […]

Continue Reading

काठमाडौं ‘लाइफलाइन’ क्षेत्र नै तनावग्रस्त !

काठमाडौं । ट्राफिक जरिमानाविरुद्ध यातायात मजदुर आन्दोलनमा उत्रिएका छन् । ‘ट्राफिक जरिमाना महँगो भएको’ भन्दै प्रदर्शनमा उत्रिएका यातायात मजदुरले आज मंगलबारदेखि काठमाडौं उपत्यकामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म उपत्यकाका सवारीसाधन […]

Continue Reading

प्रदर्शनकारीले जलाए प्रहरी भ्यान, बालाजु बाइपासमा तनाव !

काठमाडौंको बालाजु बाइपास क्षेत्र तनावग्रस्त बनेको छ। यातायात मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले सुरु गरेको प्रदर्शन हिंसात्मक बनेको हो । प्रदर्शनकारीले प्रहरीको भ्यानसमेत जलाइदिएका छन्। मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सडकमै गाडी रोकेर प्रदर्शन गरेका थिए। यातायात खुलाउन प्रयास गरेको प्रहरी र यातायात मजदुरबीच झडप हुँदा चक्रपथको बालाजु बाइपास खण्ड तनावग्रस्त […]

Continue Reading

बीमाको पैसा लिने उद्देश्यले गाडीमा आगजनी, चालक पक्राउ !

१ फागुन, काठमाडौं । बर्दियामा बीमाको रकम दाबी गर्ने मनसायले चालकले नै गाडीमा आगजनी गरेको खुलेको छ । गाडीमा आगो लगाएको आरोपमा प्रहरीले बर्दियाको मधुवन नगरपालिका-२ गंगापटुवाका रामु चौधरीलाई पक्राउ गरेको छ । आइतबार राति २ बजे मधुबन नगरपालिका-०४ बसन्तास्थितमा लु २ ख २०८४ नम्बरको फोर्स गाडी आगलागी भएको अवस्थामा प्रहरीले फेला पारेको थियो । […]

Continue Reading

आन्दोलनकारीले लाइन चुडाउँदा वीरेन्द्रनगरको विद्युत सेवा अवरुद्ध !

वीरेन्द्रनगरमा जारी आन्दोलनमा आन्दोलनकारीहरुले विद्युत लाइन चुडाएका छन्। लाइन चुडाउँदा वीरेन्द्रनगर बजारका केही स्थानको विद्युत सेवा अवरुद्ध भएको छ।  नेपाल विद्युत प्राधिकरण सुर्खेतका अनुसार आन्दोलनकारीहरुले विद्युत तार चुडाउँदा वीरेन्द्रनगरको खजुरादेखि बजार आसपासको क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो। प्राधिकरणले आन्दोलनले गर्दा विद्युत मर्मत कार्य गर्न समस्या भएको जनाएको छ। उक्त आन्दोलन नियन्त्रणमा आएपछि र अवस्था […]

Continue Reading