दैनिक उपभोग्य वस्तुको भाउ २५ प्रतिशतसम्म वृद्धि

जाजरकोट : कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण उपभोक्ताको भान्सा महँगिएको छ । स्थानीय व्यवसायीले संक्रमणको समयमा सहज आपूर्ति नभएको भन्दै दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।  सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा तेल, साबुन, चामल, दाल, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको भाउ २५ प्रतिशतसम्म बढेको छ । एक महिनाअघि प्रतिलिटर १ सय ७० रुपैयाँमा पाइने […]

Continue Reading

अक्सिजन अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरीसहित ८ को मृत्यु

पोखरा — पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावमा बिहीबार राति ८ जना बिरामीको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना सुत्केरी महिलासमेत छिन् । अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बरालका अनुसार भर्ना भएका कोरोना संक्रमितकोे मृत्यु भएको हो । ‘हाई फ्लोमा अक्सिजन दिनुपर्ने अवस्था थियो । हिजो उद्योगबाट असिक्जन आउन आधा घण्टा […]

Continue Reading

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने-गृहमन्त्रालय

१४ जेठ, काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो । गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको […]

Continue Reading

४.०१ प्रतिशत आर्थिक वृद्धिदर भेटाउन हम्य : अर्थमन्त्री

१४ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल हुने बताएका छन् । आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै उनले कोभिड-१९ले अर्थतन्त्रमा आएको सुस्तताले यस्तो अवस्था आएको बताएका हुन् । नेपालको २०७६/७७ मा आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो । चालुमा ४.०१ मा रहने भनिएकोमा अब आर्थिक वृद्धिदर चूनौतीपूर्ण रहेको […]

Continue Reading

असारे विकास काम सुरु, कति खर्च हुन्छ असारमा ?

१३ जेठ, काठमाडौं । राजनीतिक किचलोको मारमा बारम्बार बजेट पर्दा आर्थिक वर्षको समयमै नआउने र खर्च नहुने समस्या समाधान गर्न १५ जेठमा बजेट ल्याउनै पर्ने प्रावधान राखियो । यसको उद्देश्य १ साउनबाट सुरु हुने आर्थिक वर्ष अगाडि नै बजेट पास गर्ने र साउनबाट धमाधम कार्यान्वयनमा जान सकियोस् भन्ने थियो । तर जुन उद्देश्यले संविधानमा यो […]

Continue Reading

नेकपा (एमाले) नेता एवं पूर्व माननीयको निधन

जाजरकोट नेकपा (एमाले) संस्थापक नेता एवं पूर्व माननीय रत्न प्रसाद शर्मा न्यौपानेको कोभिड १९ को कारण सशस्त्र प्रहरी अस्पताल बलम्वुमा देहावसान भएको छ । लामो समयसम्म भेन्टिलेटरमा उपचाररत पूर्व माननीय नेकपा एमाले प्रदेश कमिटि सदस्य एवं अखिल नेपाल किसान महासंघ केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्थ्यो ।जिल्लाको लोकप्रिय नेताको रुपमा परिचित, सादगी जीवन जीउन रुचाउने, जन्ताको हरेक […]

Continue Reading

जी नेपाल टेलिभिजनले दोस्रो पटक समाजिक सद्भाव होली मनायो

नेपालगंज । आईतवार सुनसान सरह रहेको नेपालगन्ज सोमावार भने रंगीन भएको छ । फागुपूर्णिमाको दोस्रो दिन सोमावार तराईमा होली मनाइएको हो । जी नेपाल टेलिभिजनका प्रवन्ध निर्देशक आशीष गुप्ताको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष , बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यद्घारा उद्घाटन गरिएको थियो । होलीको कार्यक्रममा कन्सर्टको पनि व्यवस्था रहेको थियो […]

Continue Reading

मुस्लिम समुदायले सब–ए–बारात पर्व मनाए

नेपालगंज । अरबीको दुई शब्द मिलेर बनेको छ सब–ए–बारात । सब भनेको रात र बारात भनेको निजात (छुटकारा पाउनु) अर्थात गुनाह (पाप) बाट छुटकारा पाउने रातलाई सब–ए–बारात भनिन्छ । इस्लामिक क्यालेण्डर अनुसार ८ महिनाको १४ र १५ तारीखमा मनाइन्छ । १४ तारीखमा मीठो खाना र हलुवा बनाएर फातेहा गराएर गरीब, दुःख, अस्हायलाई खाना खुवाउने गरिन्छ […]

Continue Reading

बालविवाह न्युनिकरणका लागि बर्दियाका प्रमुख सरोकारवालाहरु एकै ठाउँमा

नेपालगन्ज । बाँके युनेस्को क्लबको आयोजनामा बर्दिया जिल्लाको गुलरियामा जिल्लास्तरीय प्रमुख सरोकारवालाहरुको सहभागितामा विहिबार महत्वपुर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । प्लान नेपालको आर्थिक सहयोगमा संचालन गरिएको बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुको अध्यक्षतामा बाल अधिकार स्थानीयकरण तथा विद्यमान चुनौती विषयमा जिल्लाका सबै प्रमुख सरोकारवालाको सहभागितामा अन्तक्रिया कार्यक्रम […]

Continue Reading

बालविवाह न्युनिकरणका लागि संयुक्त कार्ययोजना तर्जुमा गोष्ठि सम्पन्न

नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा बाल बिवाह न्युनिकरंणका लागि आयोजना गरिएको नागरिक समाजका संस्था र स्थानीय तहको सयुक्त कार्ययोजना तर्जुमा गोष्ठी बर्दियाको गुलरियामा मंगलवार सम्पन्न भएको छ । बाल बिवाह न्यूनिकरण तथा रोकथाम गर्ने उदेश्यले प्लान नेपालको साझेदारी र गुलरिया नगरपालिकाको समन्वयमा सो दुई दिने सयुक्त योजना तर्जुमा गोष्ठीको आयोेजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष […]

Continue Reading