४ फरार आरोपी पक्राउ

१० फागुन, काठमाडौं । मुम्बई प्रहरीको क्राइम ब्रान्चले गत वर्षको फ्रेबुअरीको पोर्नोग्राफी मुद्दामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । यीमध्ये तीन जना आरोपीलाई वेब सिरिजको सुटिङका क्रममा एक अभिनेत्रीलाई बलात्कारको आरोप लागेको छ । भारतीय न्युज एजेन्सी एएनआईले रिपोर्टअनुसार सन् २०२२ को फ्रेबुअरी २२ मा राज कुन्द्रा पोर्नोग्राफी मुद्दाका चार फरार आरोपीलाई […]

Continue Reading

लोकसेवा आयोगको परीक्षा स्थगित गरियो ।

कर्णाली । कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरिएको छ । सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक–अप्राविधिक पदको लिखित परीक्षा स्थगनको सूचना प्रकाशन गरिएको छ […]

Continue Reading

बजेट स्वीकृत, कर्मचारीको तलब ४० प्रतिशतले वृद्धि भएको।

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ । आयोगको आजको बैठकले विगतमा गर्दै आएको निर्वाचन खर्चमा व्यापक कटौती गरी मितव्ययी निर्वाचन गराउने अठोटका साथ निर्वाचन बजेट स्वीकृत गरेको हो । मतदाता शिक्षा, सवारी साधन खरिद, कोभिडका लागि आँकलन गरिएको खर्च तथा […]

Continue Reading

लमजुङमा पुनः भूकम्पको धक्का

१० फागुन, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । सोमबार राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका-१० बाँझखेत केन्द्रविन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । राति […]

Continue Reading

घोराहीमा ट्रकको ठक्करबाट युवकको मृत्युपछि दिनभर तनावग्रस्त: ६ प्रहरी घाइते, २० सेल अश्रुग्यास प्रहार 

सवारी दुर्घटनामा एक जना युवकको मृत्युपछि दिनभर तनावग्रस्त बनेको घोराही अहिले शान्त बनेको छ।  घोराही उपमहानगरपालिका वडा नं. ३ का १९ वर्षीय अर्जुन खड्काको मृत्युपछि आक्रोशित आफन्त र स्थानीयले घोराही-लमही सडकखण्ड अवरूद्ध गरेका थिए।  घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१– ख– ९४०४ नम्बरको ट्रकले घोराहीतर्फ आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान पौने सात […]

Continue Reading

नेकपा (एस) को निर्णय, एमसीसीको विपक्षमा मतदान गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसद्मा पेश भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय […]

Continue Reading

टिप्पर दुर्घटना हुँदा तीन जना विद्यार्थीसहित चार जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका-३ झालीमालीमा सोमबार टिप्पर दुर्घटना हुँदा तीन जना विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ ।  पाटन-३ मा रहेको सिगास मावि गौरीशंकर पोखरीका विद्यार्थी बोकेर पाटन-३ कै धुरातर्फ काठ लोड गर्न गइरहेको बा३ख ४८७९ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनक राज पन्त, […]

Continue Reading

सरकारले एमसीसी टेबल गरेपछि सञ्चारमन्त्री कार्कीको सुरक्षा बढाइयो

काठमाडौं । सरकारले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडीसहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए । एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी […]

Continue Reading

सीडीओ कार्यालय अगाडि, एमसीसी खारेजीको माग गर्दै प्रदर्शन

बाँके फागुन ८ गते ।एमसीसी खारेज हुनु पर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने माग गर्दै राष्ट्रिय जनमोर्चाले आज जिल्ला प्रशासन कार्यालय बाँके अगाडि प्रदर्शन गरेको छ । एमसीसी जस्तो राष्ट्रघाती परियोजना नेपालको हितमा नभएको भन्दै तत्काल खारेज गर्नुपर्ने जनमोर्चाको माग छ । प्रतिनिधिसभामा एमसीसी परियोजना टेवल भएलगत्तै जनमोर्चापनि त्यसको विरोधमा सडकमा ओर्लिएको छ । जनमोर्चाका […]

Continue Reading

सरकारी स्कुलले समेत शुल्क उठाउन थाले पछि अमृतले विद्यालय छाडे

९ फागुन, नवलपुर । गैंडाकोट नगरपालिका वडा नम्बर ९ का अमृत दमाई कक्षा एकमा पढ्दापढ्दै विद्यालय छाडेका छन् । गैंडाकोटको नारायणी माध्यामिक विद्यालयमा पढ्दै गरेका अमृतले आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय छोड्नुपरेको हो । सामुदायिक विद्यालयमा कक्षा एकमा पढ्न कुनै शुल्क तिर्नु नपर्ने सरकारी प्रावधान छ तर अमृतले अध्ययन गर्ने विद्यालयमा कक्षा एकमा अध्ययन […]

Continue Reading