डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश !

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए […]

Continue Reading

पूर्वमन्त्री राईको पहलमा नेपालगन्ज र डुडुवामा १०३ किलोमिटर सडक योजना स्वीकृत !

बाँके कात्तिक १५ गते । नेपालगन्ज उपमहानगरपालिका र योसँगै जोडिएको डुडुवा गाउँपालिका प्रशस्तै सम्भावना बोकेका स्थान हुन् । यहाँको राजनीति र राजनीतिज्ञ जति सशक्त हुन्छन् र प्रभावशाली हुन्छन् त्यति नै बढी सम्भावनालाई नतिजामा बदल्न सकिन्छ । अर्थात आर्थिक, सामाजिक बदलाव र पूर्वाधारको विकासमा अगाडि हुन्छ । त्यो अगाडि बढाउने काम गरेका छन जसपाका नेता तथा, […]

Continue Reading

सुकुम्बासी आन्दोलनले चिनाएको वीर बहादुर चुनावी मैदानमा, एक्लै हिड्छन प्रचारप्रसारमा !

नेपालगन्ज : बाँकेमा लामो समयसम्म सुकुम्बासी आन्दोलनको नेतृत्व गरेका सादगी नेताको रुपमा परिचित वीर बहादुर ओली बाँके क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यको लागी निर्वाचनमा होमिएका छन् । बाँकेमा सादगी नेताको रुपमा परिचित ओली आफ्नो पार्टी नेकपा माक्र्सवादी (पुष्पलाल) पार्टीको तर्फबाट बाँके क्षेत्र नम्बर ३ को लागी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । ओलीले […]

Continue Reading

निर्वाचन आयोगविरुद्ध परेका दुई रिटमा आज सुनुवाइ हुँदै !

काठमाडौं । निर्वाचन आयोगविरुद्ध परेका दुई रिटबारे आज (मंगलबार) सुनुवाइ हुने भएको छ । ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाइ हुने भएको छ । सोमबार अधिवक्ता अनिल आचार्यले ‘नो नट अगेन’ लाई बन्देज गर्ने गरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए । […]

Continue Reading

आज छठपर्वको मुख्य दिन , अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी मनाइँदै !

काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू […]

Continue Reading

आज भाइटिका, टिकाको उत्तम साइत बिहान ११:३७ बजे !

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११:३७ बजे भाइटिकाको साइत उत्तम रहेको छ । यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने […]

Continue Reading

सयपत्री फूलको अत्यधिक माग, स्कुल छाडेर फूल खेती, मनग्गे आम्दानी ! 

९ कात्तिक, भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग […]

Continue Reading

नेपालसँग बङ्गलादेशले ५० मेगावाट बिजुली खरिद गर्ने !

काठमाडौं । बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गरेका शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय जानकारी गराएका हुन् । सन् २०४० सम्म बङ्गलादेशले कूल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव […]

Continue Reading

आज तिहारको चौथो दिन : गोवर्द्धन, बलि, गोरु र हली पूजा !

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन […]

Continue Reading

पुस्तकालयका नाउँमा सामुदायिक विद्यालयमा बजेट लूट !

देशका नीति–निर्माताहरूलाई एउटा विद्यालयमा पुस्तकालय चाहिन्छ भन्ने तत्वबोध ढिलै भए पनि भयो । थुप्रै दाता समेतगुहारेर तीन वर्षअघिबाट सरकारले सामुदायिक विद्यालयहरूलाई पुस्तक किनेर बालबालिकाका निम्ति उपयोगी पुस्तकालय बनाउन एकमुष्ट रु.६ लाख ५० हजारका दरले अनुदान दिन थाल्यो । अहिलेसम्म देशभरका ३,७०३ वटा विद्यालयले सो अनुदान पाइसकेका छन् र त्यसमा सरकारले झण्डै रु.३ अर्ब बजेट निकासा […]

Continue Reading