मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ । यो पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो […]

Continue Reading

‘भोली प्रधानमन्त्रीले कोभिड–१९ विरुद्धको खोप लगाउने’

प्रधानमन्त्री केपी ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । ओलीले आइतबार बिहान शिक्षण अस्पताल पुगेर कोभिड–१९ विरुद्धको खोप लगाउने जानकारी स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएका हुन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा शनिबार आयोजना गरेको कोभिड–१९ खोप अभियानसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा त्रिपाठीले प्रधानमन्त्री ओलीले खोप लगाउने जानकारी दिएका हुन् । मन्त्री त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले […]

Continue Reading

ओली समूहको बैठकमा ११५ सांसद उपस्थित भएको दाबी

नेकपा ओली समूहको संसदीय दलको बैठकले ११५ भन्दा बढी सांसद उपस्थित भएको दाबी गरेको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ सदस्य उपस्थित भएको राष्ट्रिय सभाका नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईले  बताए  ।  प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी ओलीले भोलि यो संख्या बढ्ने बताएको भट्टराईले जानकारी दिए ।  कानुनी हिसाबले […]

Continue Reading

मेलम्ची पानी आज सुन्दरीजल आइपुग्ने, प्रधानमन्त्रीद्वारा अवलोकन हुने

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आइपुग्ने भएको छ । यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो। सुरुङबाट पानी आज सुनदरीजल आइपुग्ने आयोजनाले जनाएको छ । आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ । सुरुङबाट […]

Continue Reading

नारायणगढ-मुग्लिङ सडक दिउँसोमा साढे ४ घण्टा बन्द हुने

चितवन । नारायणगढ-मुग्लिङ सडकखण्ड आउँदो आइतबारदेखि एक सातासम्म दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने भएको छ । मुग्लिन नारायणगढ सडक आयोजना कार्यालयका अनुसार फागुन २३ गतेदेखि २९ गतेसम्म बिहान १०.३० देखि ३ बजेसम्म सडक दुइतर्फी रूपमै बन्द हुनेछ । यो सडक खण्डको चारकिलोमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको […]

Continue Reading

३ बुँदे सहमतिपछि सम्बोधन गर्दै विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शान्तिपूर्ण राजनीतिमा आउने सहमतिप्रति प्रतिवद्ध रहेको बताएका छन् । तर, ६ वर्षअघि लिएको एकीकृत जनक्रान्तिको कार्यक्रम भने कायमै रहेको पनि उनले बताए । वर्तमान संसदीय प्रणालीमा रहेको कमजोरीको व्याख्या गर्दै वैज्ञानिक समाजवादबारे जनमत संग्रहको माग पनि राखेका छन् । सरकार र विप्लव समूहको वार्ता […]

Continue Reading

संसदीय दलको नेता चयनमा प्रचण्ड

नेकपा प्रचण्ड–माधव नेपाल समूहले विधिवत् रूपमा संसदीय दलको नेता चयन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चयन भएका हुन् ।  दलको नेता छान्न ज्येष्ठ सदस्य एवं वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा शुक्रबार संसदीय दलको बैठक बसेको थियो ।  बैठकमा १११ सांसद (बहुमत) उपस्थित भएका छन् । आफ्नो समूहमा रहेका चारजना सांसद […]

Continue Reading

देवकोटाद्धारा मदरसा र विद्यालयमा शैक्षिक र स्वास्थ्य सामाग्री वितरण

नेपालगञ्ज । बाँके युनेस्को क्लबको समन्वयमा सारथी फाउन्डेसनका संस्थापक ध्रुव देवकोटाले बाँकेको एक मदरसा र एक सामुदायीक विद्यालयमा स्वास्थ्य र शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।देवकोटाले आफ्नो व्यक्तिगत पैसाले मदरसा बरकातिया र फत्तेपुर सर्रीको सामुदायीक विद्यालयमा साबुन, हैन्डवास, मास्क र सेनिटाइजर लगायत शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको हो ।नेपालगञ्जस्थित मदरसा बरकातियाका दुई जना अनाथ […]

Continue Reading

प्रवक्ता प्रकाण्डको नेतृत्वमा विप्लवद्वारा वार्ता टोली गठन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता टोली गठन गरिएको विप्लवले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताको विषयमा वार्ता गर्ने विप्लवले बताएका छन् । यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको […]

Continue Reading

बाँके युनेस्को क्लबद्वारा प्रिपेड कार्ड मार्फत सहयोग प्रदान

नेपालगन्ज । कोभिड १९ महामारीले गर्दा बर्दिया जिल्लाको दुईवटा नगरपालिकाका अतिप्रभावित र अतिविपन्न घर परिवारलाई बाँके युनेस्को क्लबले प्रिपेड कार्ड मार्फत सहयोग प्रदान गरेको छ ।बेलायत सरकार सहायता नियोग डीएफआइडीको आर्थिक सहयोग र मर्सि कोर तथा प्लान इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकाकामा सञ्चालन गरिएको रिजिलियन्स प्लस कार्यक्रमको दोस्रो […]

Continue Reading