सुनको मूल्य घट्यो

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर ९१ हजार ८०० तोकिएको छ । अधिल्लो दिन पहेँलो धातु प्रतितोला ९२ हजार २००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३०० छ जसको मूल्य गत आइतबार प्रतितोला ९१ हजार ७०० थियो […]

Continue Reading

सइ थापाको कुटाइबाट स्थानीयबासीको कानको जाली फुट्यो

बाँकेमा सशस्त्रका सइको कुटाइबाट एकजना सर्वसाधरण मानिसको कानको जाली फुटेको छ । डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित सशस्त्रको विओपी कालाबन्जरमा कार्यरत सइ हर्क थापाको कुटाइबाट स्थानीय मनोरथ धोवीको वाँया कानको जाली फुटेको हो । डुडुवा–६ मा ऐलानी जग्गा अतिक्रमणमा छ । उक्त अतिक्रमित जग्गा हटाउने बिषयमा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी हिंजो हिरमिनिया पुग्नुभएको थियो । धोवीले अध्यक्ष […]

Continue Reading

नेपाल राष्ट्र बैंकको कूल सम्पत्ति ८० अर्ब रुपैयाँले घट्यो

काठमाडौं । पछिल्लो एक महिनामै नेपाल राष्ट्र बैंकको कूल सम्पत्ति ८० अर्ब रुपैयाँले घटेको छ । बैंकको सम्पत्ति मंसिर महिनाको तुलनामा पुस महिनामा ८० अर्ब ७ करोड ५४ लाख रुपैयाँले घटेको हो । बैंकले प्रकाशित गरेको पुस महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको कुल सम्पत्ति १४ खर्ब ९० अर्ब रुपैयाँ छ । जुन अघिल्लो महिना […]

Continue Reading

एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने , प्रधानमन्त्री देउवा

६ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएका छन् । उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएका छन् । शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक राखेर स्थानीय निर्वाचनमा जेठमा गर्ने सहमति जुटाएका देउवाले लगतै एमसीसीबारे छलफल गरेका थिए […]

Continue Reading

जमुनाह नाकामा कडाई, ४ लाख बराबरको सामान बराम

बाँके माघ १६ गते ।सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुखमा एसपी जनक बस्नेत सरुवा भएर आएलगत्तै प्रमुख बस्नेतले सबै मातहतलाई तस्करी र अवैध आयात रोक्न कडाईका साथ प्रस्तुत हुन निर्देशन दिएपछि नाकामा चेकजाँच कडाइ भएको छ । जस्का कारण नाकाबाट हुने अवैध गतिविधि रोकिएको छ । एसपी बस्नेतको निर्देशन लगत्तै प्रहरीले ठुलो […]

Continue Reading

गौतमबुद्ध विमानस्थल सञ्चालनको तयारी, एरो थाईका दक्ष प्राविधिक आइपुगे

मोहम्मद हबिब/भैरहवा रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानसथलमा मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आएका छन् ।  बुद्धबार सडक मार्ग हुँदै काठमाडांैबाट भैरहवा आएका प्राविधिकहरूले काम सुरु गरेका छन् । उनीहरू क्यालिब्रेसन फलाइट गरेर मात्र स्वदेश फर्कने […]

Continue Reading

उखुबारीमा गाडेको अवस्थामा शव उत्खनन, दुवैको पहिचान खुल्यो,

१६ माघ, विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ को उखुबारीमा खाल्डो खनेर गाडिएका दुई व्यक्ति एक अर्काको साथी रहेको खुलेको छ । अर्काे शवको पनि पहिचान खुलेपछि दुवै साथी रहेको खुलेको हो । उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र बिहीबार दिउँसो एउटा शव उत्खनन गरेको थियो । बिहीबार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा धरान […]

Continue Reading

स्थानीय तहको निर्वाचन जेठभित्रै गर्न सत्ता गठबन्धनको सरकारलाई सुझाव

सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ। शनिबार दोस्रो पटक बसेको सत्ता गठबन्धनको उच्च स्तरीय संयन्त्र बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवामार्फत्  सरकारलाई सुझाव दिएको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यस्तै संविधानसँग बाझिएका कानुनलाई संशोधन गर्नुपर्ने भए त्यो तयारी गर्नको निम्ति पनि सरकारलाई आज बसेको उच्च स्तरीय संयन्त्र बैठकले […]

Continue Reading

सर्वसाधारलाई ठगी गर्दै सहकारी सँस्था

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं, १२ आदर्शनगर चोक स्थित रहेको श्री निधी बचत तथा ऋण सहकारी सँस्थाले सर्वसाधारलाई ठगी गरिरहेको पाइएको छ । आदर्शनगर चोकदेखि उत्तरतर्फ पूर्वपट्टि रहेको उक्त सहकारी सँस्थाले कर्जाको दोब्बर रकमको दृष्टिबन्धकको कागज बनाउने गरेको तथ्य फेला परेको छ । सहकारी सँस्थाले कर्जा दिने बेलामा जग्गा, जमिन रोक्का गराउँदा बैंकले ऋणिसँग गराउने […]

Continue Reading

मुलुकभर पछिल्लो २४ घण्टामा १० संक्रमितको मृत्यु, थप ६८२७ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८६९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो […]

Continue Reading