कमल थापाले राप्रपाबाट अलग भएको घोषणा गरे

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । मंगलबार हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै थापाले भनेका छन्, ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु ।’ थापाले मंगलबार नै एक विज्ञप्ति जारी गरी पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको त्यसलाई सुधार गरेर […]

Continue Reading

सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप

काठमाडाैँ । सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप […]

Continue Reading

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले एकै चरणमा सक्ने गरी स्थानीय तहको निर्वाचनको मिति तोकेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् । निर्वाचन आयोगले आगामी ५ जेठमा सात सय ५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले १७ […]

Continue Reading

बाबुरामकाे प्रचण्डलाई कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद !

काठमाडाैं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेकाे पत्र बाहिरिएपछि भट्टराईले ‘भित्र खाओवाद, बाहिर माओवाद’ भनेका छन् ।  कांग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशाेधन बिना पारित गर्न […]

Continue Reading

नेपालकै नमूना बसपार्क कोहलपुरमा बन्दै

नेपालगन्ज : बाँकेको कोहलपुरमा नमूना बसपार्क निर्माण धमाधम भइरहेको छ । अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले कोहलपुर चौराह नजिक नमूना बसपार्क निर्माण थालिएको हो । अहिलेसम्म बसपार्कको ४५ प्रतिशत काम सम्पन्न भइसकेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिनुुभयो । विसं २०७७ फागुन २४ गते रु २७ करोड ८४ लाखमा बसपार्क निर्माणका लागि सम्झौता […]

Continue Reading

निक्षेपको ६ गुणा हुने मुद्दती खाता, नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो ९० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा एनआइबिएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंककाे अनुसार यस मुद्दती खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, न्यूनतम १० हजारमा मुद्दती खाता खोल्न सकिने, नि:शुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने र सावाँ तथा ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ […]

Continue Reading

भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको निधन

प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ।  हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो। उनी ९२ वर्षकी थिइन्।  केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो।  मंगेशकरको जन्म सन् १९२९ सेप्टेम्बरमा मध्य प्रदेशको इन्दोर सहरमा भएको थियो। उनको परिवारको पृष्ठभूमि शास्त्रीय संगीतको थियो। औपचारिक शिक्षा […]

Continue Reading

फागुन १६ गतेभित्र संसदबाट एमसीसी अनुमोदन गरिसक्न देउवा र प्रचण्डलाई अमेरिकाको पत्र

२३ माघ, काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा दिएको छ । नेपालमा एमसीसी कार्यान्वयनको विषयमा सत्ता गठबन्धनभित्र तीव्र मतभेद भइरहेका बेला अमेरिकाले भने फागुन १६ गतेभित्र एमसीसी संसदबाट अनुमोदन गरिसक्न पत्राचार गरेको हो । अमेरिकी सरकारको सहायता परियोजना एमसीसीका कार्यवाहक प्रमुख […]

Continue Reading

हिउँले कठ्यांग्रिएर जुम्लामा दुईजनाको मृत्यु, दर्जनौं फसेको अनुमान

जुम्लामा  हिउँले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ ।  तातोपानी गाउपालिका-७ वारा गाउँका ४२ बर्ष मुन रावत र तातोपानी-८ की ३७ वर्षकी देवी शाहीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको  प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार वडा नम्बर ७ का पुरुष गोठालो गएको समयमा हिउँमा परेर मृत्यु भएको र महिलाको सेतो चिनी […]

Continue Reading

हत्यामा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ

मोरङ, हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।  उनीहरुमध्ये दिनानाथलाई मोरङ विराटनगर महानगरपालिका-५ दामाबन्दी चोकबाट अनिल कुमारलाई काठमाडौं महानगरपालिका-१३ बल्खुबाट र नासिर आलमलाई मोरङ विराटनगर    महानगरपालिका-१७ मटेरूवाबाट बिहीबार प्रहरीले पक्राउ गरेको  हो ।  पक्राउ पर्नेहरुमा जहदा गाउँपालिका-४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने […]

Continue Reading