दोहोरो अंकको सेयर बजारमा गिरावट, कारोबार रकम २ अर्बमा सिमित

काठमाडौं : कारोबारको चौथो दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। बुधबार सूचक ३०.३६ अंकले घटेर २५ सय १४.५८ विन्दुमा अडेको छ। सूचक घटेसँगै कारोबार रकम २ अर्बमा सिमित भयो। यसदिन २२९ कम्पनीको  ४९ लाख ५९ हजार ९१९ कित्ता सेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँमा किनबेच भयो। कारोबारमा आएका १३ […]

Continue Reading

ललितपुमारमा पाँच जनाको निस्सासिएर मृत्यु, शोकमा डुब्यो गाउँ

ललितपुर, २४ फागुन एकै परिवारको पाँच जनाको निस्सासिएर मृत्युपछि ललितपुरस्थित कोन्ज्योसोम–४ को नल्लु गाँउ शोकमा डुबेको छ । ललितपुरको महलक्ष्मीस्थानस्थित गणेशमान मेमोरियल अस्पतालमा मृतक परिवारका भाइ सोनाम स्याङ्तान निराश अवस्थामा भेटिए । उनले भने, ‘यस्तो घटना जीवनमा कहिल्यै देखेको सुनेको थिइँन । आज आफँैले भोग्दा सपनाजस्तो लागिरहेको छ ।’ १० महिनाअघि प्रेम विवाह गरेका स्थानीय […]

Continue Reading

रूसी तेलमा अमेरिकाले लगायो प्रतिबन्ध, के असर पर्ला नेपाललाई ?

अमेरिकाले रूसबाट आयात हुने कच्चा तेल, प्राकृतिक ग्यास, कोइला लगायत सबै किसिमका इन्धनमा प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार मंगलबार राति सवा १० बजे यस्तो घोषणा गरेका हुन्। युक्रेनमाथि सैन्य हमला गरेको रूससँग सबै किसिमका साझेदारी अन्त्य गरेर दबाब सिर्जना गर्ने रणनीतिअनुरूप अमेरिकाले पेट्रोलियम आयातमा प्रतिबन्ध लगाएको हो। अमेरिकाले सन् २०२१ मा महिनाको २ […]

Continue Reading

खजुराबासीको लागी खजुरा क्यान्सर अस्पतालको ओपिडी सेवा निशुल्क

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको छ । नवनियुक्त खजुरा क्यान्सर अस्पताल ब्यवस्थापन समितिको निर्णय अनुसार खजुरा गाउँपालिकाबासिको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको हो । बुधबार पदभार ग्रहण गर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका अध्यक्ष किशोर थापाले […]

Continue Reading

बिहानैदेखि लमजुङको सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

लमजुङ, २५ फागुन स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेकाे छ । सुन्दरबजार नगरपालिका-९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मगलबार दिउँसो मर्स्याङदी नदीमा डुबेर ज्यान गएपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू जारी गरेको हो ।  […]

Continue Reading

रुसविरुद्ध जंगल, मैदान र समुद्री किनारबाट आक्रमण जारी राख्छौं, राष्ट्रपति जेलेन्स्की

२५ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जंगल, मैदान र समुद्री तटबाट आक्रमण जारी राख्ने बताएका छन् । बेलायतको तल्लो सदन (हाउस अफ कमन्स)मा सम्बोधन गर्दै जेलेन्स्कीले सो कुरा बताएका हुन् । सम्बोधनको क्रममा उनले शेक्सपियर र विन्स्टन चर्चिलको व्याख्या गर्दै युक्रेनीहरुले रुसी आक्रमणको प्रतिरोध जारी राख्ने बताए । उनले बेलायतका प्रधानमन्त्री बोरिस […]

Continue Reading

युक्रेनमा रुसको आक्रमण, १५ लाख मानिस शरणार्थी बनेर बाहिरिए

एजेन्सी । रुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई जल, थल र नभ (समुद्र, जमिन र हवाइ) बाट आक्रमण गरेका छन् । उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् । यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन् । निरन्तर जारी रहेको आक्रमणको कारण युक्रेनको सिमानामा १५ लाख भन्दा बढी मानिस शरणार्थीका रूपमा बाहिरिएका छन् । […]

Continue Reading

नेपाली मुद्रा इतिहासकै कमजोर बन्यो, अब अमेरिकी डलर खरिद गर्दा कति रुपैयाँ तिर्नुपर्छ ?

२४ फागुन, काठमाडौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ । अर्थात अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा […]

Continue Reading

आज रुसले आफ्नो ‘विरोधी देश’को सूची निकाल्यो, कुन–कुन परे ?

एजेन्सी । रुसले आफ्ना ‘विरोधी देश’को सूची अनुमोदन गरेको छ । रुस सरकारले आफ्ना सुरक्षा बलले उसकै शब्दमा युक्रेनमा ‘विशेष सैन्य कारबाही’ सुरु गरेपछि आफ्नो देश, कम्पनी र नागरिकमाथि प्रतिबन्ध लगाउने देश र क्षेत्रका नामहरू समेटेको सूची अनुमोदन गरेको हो । यी हुन् रुसका ‘विरोधी देश’हरू : १. संयुक्त राज्य अमेरिका२. क्यानडा३. युरोपियन युनियनमा आवद्ध देशहरू४. संयुक्त […]

Continue Reading

मोटरसाइकलको ठक्करबाट चेकिङ्गमा खटिएका प्रहरी हवल्दार शाहीको मृत्यु, जवान गम्भीर घाइते

बाँके फागुन २३ गते ।नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी हवल्दार भुपेन्द्रा शाहीको मृत्यु भएको छ, भने प्रहरी जवान नरेश चौधरी गम्भीर घाईते भएका छन् । प्रहरीलाई नेपालगन्ज कोहलपुर सडक खण्डको राँझा चोकमा सोमबार राति करिव साढे आठ बजेको समयमा भे १० पा ४७५७ नम्बर प्लेटको टिभिएस अपाचि मोटरसाइकलले ठक्कर दिएको थियो । नेपालगन्जबाट कोहलपुरतर्फ […]

Continue Reading