स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मदिरा सेवन र बिक्री वितरणमा रोक लगाइने !

गोरखा । गोरखा जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै यही वैशाख २५ गतेदेखि आगामी जेठ ७ गतेसम्म जिल्लाभर मदिराको प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो । जिल्लाभर नै […]

Continue Reading

 शिक्षक सेवा आयोगले सञ्चालन गरेको परीक्षामा १२ प्रतिशतमात्र परीक्षार्थी उत्तीर्ण, माग संख्या पनि पूर्ति भएन !

काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ। आयोगले माध्यमिक तहका लागि गत चैत १५ गते १४ विषयको परीक्षा सञ्चालन गरेको थियो। परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको हो। आयोगका […]

Continue Reading

सामुहिक नमाजपछि उपप्रमुख पदका उम्मेदवार राई शुभकामना बाँड्न घरघरमा !

बाँके बैशाख २० गते ।जनता समाजवादी पार्टी र नेपाली काँग्रेसको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले इस्लाम धर्मालम्बिहरुको पवित्र चाड इदको सबैलाई शुभकामना दिनुभएको छ । इदको नमाज पढ्न वीपी चोकस्थित इदगाहमा पुग्नुभएका उहाँले नमाज पढिसकेपछि सबैसँग अंकमाल गर्दै एकआपसमा शुभकामना आदानप्रदान गर्नुभएको हो । नेपालगन्ज वहु सांस्कृतिक, वहुधार्मिक र वहुआयामिक सहर भएकाले […]

Continue Reading

नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी !

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर) मा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलब लिएको भन्दै अख्तियारमा उजुरी परेको हो । उनीविरुद्ध परेको उजुरीमा समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक […]

Continue Reading

युक्रेनको द्वन्द्वले अफ्रिकामा संकट !

एजेन्सी । युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ– युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको छ । उहाँले युक्रेनमा रुसले गरेको हमलापछि बढेको द्वन्द्वका कारण अफ्रिकी देशहरुमा खाद्यान्न, उर्जा र […]

Continue Reading

वीपी चोकको इदगाहमा ईद उल फित्र पर्व मनाउँदै, सामुहिक नमाज पढे !

बाँके बैशाख २० गते ।अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना सौवालको पहिलो दिन आज मङ्गलवार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाउँदै छन् । नेपालगन्जको वीपीचोक स्थित इदगाहमा नमाज पढ्नेको विशेष चहलपहल देखिएको छ । दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म […]

Continue Reading

मुस्लिम समुदायको आज ईदउल फित्र, बचतको साढे दुई प्रतिशत दीनदुःखीलाई बाड्ने प्रचलन !

काठमाडाैं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन् । दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन […]

Continue Reading

नेपाली सेनाले भूकम्पले हल्लाएको ठूलो ढुंगा फुटाएर बस्ती  जोगायो !

नुवाकोट — २०७२ सालको भूकम्पले हल्लाएको विशाल ढुंगो बस्तीमा झर्नबाट नेपाली सेनाले जोगाएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर–१ नेगीको बस्तीमाथि रहेको ठूलो ढुंगा नेपाली सेनाले ‘अपरेसन दुप्चेश्वर’ मार्फत फुटाएर बस्तलाई सुरक्षित बनाएको हो ।   सेनाले ढुंगा फुटाएर नेगी बस्तीलाई जोगाएको गाउँपालिका निवर्तमान अध्यक्ष योविन्द्रसिं तामाङले जानकारी दिए । ढुंंगा फुटाउन देवीघाटस्थित जबरजंग गणका सैनिक खटिएका थिए । […]

Continue Reading

नेपालगन्जमा विष्ट र राईको घरदैलो अभियान बिहानैदेखि सुरु !

बाँके बैशाख १९ गते ।नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेस र जसपाबीचको गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले आज विहानैदेखि चुनावी घरदैलो अभियान सुरु गर्नुभएको छ । नगर प्रमुख पदका उम्मेदवार विष्टले अहिले विहान १० बजेदेखि घरदैलो सुरु गर्दै हुनुहुन्छ भने उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले भने विहानैदेखि नेपालगन्ज उपमहानगरपालिका–२२ […]

Continue Reading

घरदैलो अभियानमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते !

पाल्पा । स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारहरुको घरदैलो अभियानमा पाल्पामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार रामपुर नगरपालिका-१०, झेडीबजार सिकोडाँडामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा रामपुर नगरपालिका-१०, गेझाका डिल्लीराज न्यौपाने र जीवन परियार रहेका छन । प्रहरी उपरीक्षक जनकबहादुर शाहीले चुनाव प्रचारप्रसारको क्रममा […]

Continue Reading