सम्पर्कविहीन तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो !

म्याग्दी । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान जहाज भेटिएको हो । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका सुमित गौचन र यार्सागुम्बा खोज्न गएकाले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएका […]

Continue Reading

आगामी आवको बजेट : १७ खर्ब ९३ अर्ब ८३ करोड, यस्ता छन् पछिल्ला छ वर्षको बजेट !

काठमाडौं । सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट चालु आवको भन्दा ठूलो हुने गरी प्रस्तुत गरेका हुन् । अर्थमन्त्री शर्माका अनुसार बजेटमा चालुतर्फ कूल रु सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ […]

Continue Reading

तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो !

ठमाडौं । तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । आइतबार बिहान पोखराबाट जोमसोमको उडान भरेको उक्त जहाज मुस्ताङजिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङकाे लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ। तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दुर्घटनामा […]

Continue Reading

तारा एयरको जहाज सम्पर्कविहीन, विमानमा को-को थिए ?

काठमाडाैँ- पोखराबाट जाेमसाेम उडेकाे तारा एयरलाइन्सकाे जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ। चालक दलका तीनसहित १९ यात्रु रहेकाे विमानस्थलले जनाएको हाे। चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज किस्मी थापा थिए। यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना […]

Continue Reading

लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ !

कञ्चनपुर । लागुऔषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका–७ पौलाहा मसानघाट क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार हिजो साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १५ दशमलव ९८ ग्राम लागुऔषध खैरो हिरोइनसहित चारै जनालाई पक्राउ गरेको हो । उहाँका अनुसार पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१३ एयरपोर्ट बस्ने […]

Continue Reading

राष्ट्रपतिद्वारा गणतन्त्र दिवसका अवसरमा ८१८ कैदीलाई माफी मिनाहा ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका–२०७९ का अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेका छन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा खड्ग श्रेङ लिम्बू समेतका २७१ र नरबहादुर साँवा समेतका ५४७ गरी कूल जम्मा ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा गरेका हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, […]

Continue Reading

कुन प्रदेशका कुन क्षेत्रमा मौसम प्रतिकुन रहन्छ ?

काठमाडौं । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको […]

Continue Reading

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी , क्षतिको विवरण आउन बाँकी !

चितवन । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–२९ को १५ किलोमा यूपी १७ एटी ८६२७ नम्बरको बुलेटमा आज दिउँसो आगलागी भएको हो । बिग्रिएर मर्मतका लागि रोकी राखेको बुलेटमा वाइरिङ सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र दमकलको सहायताले आगो […]

Continue Reading

पेट्रोलियम पदार्थको कर घटाउने मन्त्रिपरिषद्को निर्णय !

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जनाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा यसबारे जानकारी दिएका हुन् । कर घटाएर पेट्रालियम पदार्थको मूल्य समायोजन गर्नेबारे अर्थमन्त्रालयमा गृहकार्य भइरहेको उनले बताए । यद्यपि कति प्रतिशतले घटाउने […]

Continue Reading

पाँच वर्ष अगाडि विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ !

काठमाडौं । पाँच वर्ष अगाडि विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा सुनसरी जिल्लाको इटहरीस्थित ब्लूमिङ लोटस इंग्लिस स्कूलको तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो । सीआईबीका अनुसार काठमाडौंको टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको हो । धरान उपमहनगरपालिका–५ स्थित […]

Continue Reading