हरेक वर्ष २५ डिसेम्बरमा क्रिसमस डे मनाइँदै, आज सार्वजनिक बिदा !

१० पुस, काठमाडौं । आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । […]

Continue Reading

महिलालाई अफगानिस्तानमा एनजीओमा काम गर्न प्रतिबन्ध ! आखिर किन ?

अफगानिस्तानमा तालिबान सरकारले महिलालाई विश्वविद्यालय अध्ययनमा प्रतिबन्ध लगाएको केही समयपछि उनीहरूलाई गैर-सरकारी संस्थाहरूमा काम गर्नसमेत प्रतिबन्ध लगाएको छ। संयुक्त राष्ट्रसंघ, अमेरिका र बेलायतले तालिबानको यस कदमलाई आधारभूत अधिकारको उल्लङ्घन भएको भन्दै निन्दा र भर्त्सना गरेका छन्।  तालिबानले भने राष्ट्रिय हित तथा महिलाको सम्मानको संरक्षण गर्ने भन्दै आफ्नो निर्णयको बचाउ गरेको छ । तालिबानले यो निर्णयलाई […]

Continue Reading

फेसबुकमाथि ३५ अर्ब जरिवाना, करोडौं प्रयोगकर्ताका डाटा ह्याकिङ फोरममा !

काठमाडौं । युरोपेली मुलक आयरल्याण्डले फेसबुकको मातृ कम्पनी मेटामाथि भारी रकम जरिवाना गरेको छ । करोडौं फेसबुक प्रयोगकर्ताका डाटाहरु अनलाइनमा प्रकाशित भएको कारण देखाउँदै आयरल्याण्डको डाटा सुरक्षण आयोगले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटामाथि २६ करोड ५० लाख डलर जरिवाना गर्ने निर्णय गरेको हो । आयोगका अनुसार ५३ करोड ३० लाख भन्दा धेरै फेसबुक […]

Continue Reading

नियम विपरीत लिएको ब्याज, २५ बैंकहरुले फिर्ता गरे !

८ पुस, काठमाडौं । अनाधिकृत रुपमा प्रिमियम बढाएर असुल गरेको करिब साढे ४ अर्ब रुपैयाँ भन्दा बढी ब्याज बैंकहरुले फिर्ता गरेका छन् । २५ वटा वाणिज्य बैंकहरुले न्यूनतम ४० लाख रुपैयाँदेखि ४८ करोड रुपैयाँसम्म प्रिमियम बढाएर असुल गरेको ब्याज फिर्ता गरेको नेपाल राष्ट्र बैंक स्रोतले बताएको छ । राष्ट्र बैंक स्रोतका अनुसार गत आर्थिक वर्षमा प्रिमियम […]

Continue Reading

भ्वाइस अफ नेपाल सिजन ४ काे विजेता करण राई !

काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम […]

Continue Reading

१३ सय बढी विद्युतीय गाडी पाँच महिनामा भित्रियो !

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनामा नेपालमा १३ सय वटाभन्दा बढी विद्युतीय चार पांग्रे भित्रिएको छ। भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म एक हजार तीन सय ५३ वटा विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका हुन्। यीमध्ये एक सय किलोवाटसम्म क्षमता भएका १,३२० वटा विद्युतीय गाडी, एक सयदेखि दुई सय किलोवाट क्षमतासम्मका ३० […]

Continue Reading

भारतभन्दा नेपालमा  महँगी उच्च !

ठमाडौं ।  नेपाल र भारतको उपभोक्ता मूल्यवृद्धि (महँगी) अन्तर बढ्दै गएको छ । भारतमा महँगी घट्दै गए पनि त्यसको तुलनामा नेपालमा नियन्त्रण गर्न नसक्दा अन्तर बढ्दै गएको हो । तर, भारतमा महँगी कम हुँदा त्यसको लाभ नेपाली उपभोक्तालाई पनि भएको अर्थशास्त्री बताउँछन् ।  नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० को साउनमा भारतको तुलनामा […]

Continue Reading

मुटुको कृत्रिम भल्व नेपालमानै राख्न थालेपछि विदेश जाने घटे !

काठमाडौं- नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन्। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्व राख्ने गरेको छ। यसअघि उक्त कृत्रिम भल्व राख्न भारतलगायत बिरामी विदेश जाने गर्दथे। उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्व नेपालमा नै राख्ने गरेका छन्। […]

Continue Reading

उद्योगी-व्यवसायीले गरे आन्दोलनको घोषणा !

चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीतिविरुद्ध आन्दोलन घोषणा गर्दै विराटनगरका उद्योगी व्यवसायीले बिहीबारदेखि बन्द हड्तालमै उत्रिने योजना सार्वजनिक गरेका छन्।  उद्योगी व्यवसायीहरूले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरूलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन्।  उद्योगी व्यवसायीहरूका […]

Continue Reading

नरेश खातीलको ‘परानी’ बोलको गीत सार्वजनिक ६७ हजारभन्दा बढी भ्युज

काठमाडौं । मेक्सम खाती र नरेश खातीले ‘परानी’ बोलको गीत सार्वजनिक गरेका छन् । मेक्सम–नरेश अफिसियल युट्युब च्यानलबाट सोमबार म्युजिक भिडियो सार्वजनिक भएको हो । यो समाचार तयार पार्दासम्म गीतले ६७ हजारभन्दा बढी भ्युज बटुलिसकेको छ । गीतमा अस्मिता अधिकारी र रमन रायमाझीको स्वर छ । वर्षा शिवाकोटी र मेक्समले अभिनय गरेका छन् । गीतका […]

Continue Reading