एसईईको आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।यस अघि राष्ट्रीय परीक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट संचालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो। यसअघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट […]

Continue Reading

जाजरकोटमा ७१२ जनाले कोरोना जितेर घर फर्किए

जाजरकोटमा हाल सम्म ७१२ जनाले कोरोना जितेका छन् । जम्मा एक हजार दुई सय ८४ जना संक्रमित मध्य हाल पाँच सय ५९ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । सक्रिय संक्रमित मध्य जिल्ला अस्पतालमा १४ जनाले आइसोलेशनमा उपचार गराइरहेका बाहेक अन्य सवै होम आइसोलेशनमा रहेका छन् । सोमवार मात्र १६ जना […]

Continue Reading

अखिल (क्रान्तिकारी) जाजरकोट द्वारा कोरोना विरुद्ध स्वास्थ्य सचेतना अभियान संचालन

 दलाल संसदीय ब्यबस्थाका विरुद्ध हाम्रो आन्दोलन, स्वस्थ जीवन कोराना मुक्त समाज हाम्रो अभियान, स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सामग्री बितरण हाम्रो कार्यक्रम भन्ने नाराका साथ नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले गाउँगाउँमा अभियान संचालन गरेको छ । आज भेरी नगरपालिकाको रुपाकोटमा र मिथ्याङ्रमा सर्वसाधारणको स्वास्थ्य परिक्षण सहित माक्स, औषधी बितरण सँगै जनचेतना फैलाएको अखिल (क्रान्तिकारी) […]

Continue Reading

प्रदेश र पालिकामा बजेट कति

काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र पालिकाका लागि झन्डै चार खर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सात प्रदेशमा एक खर्ब तीन अर्ब ७० करोड रुपैयाँ र सात सय ५३ पालिकाका लागि दुई खर्ब ८३ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको हो । आउँदो आर्थिक वर्षका लागि तीन खर्ब ८६ अर्ब […]

Continue Reading

कर्णालीमा १५० संक्रमित थप हुँदा २३९ जना डिस्चार्ज, ४ जनाको मृत्यु

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा गरिएको ३१३ जनाको आरटी पीसीआर परीक्षणमा ८९ जनामा संक्रमण पुष्टि भएको छ । २२६ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा भने थप ६१ जनामा पुष्टी भएको हो । यो सँगै पछिल्लो २४ घण्टामा ९३ जना आइसोलेसनमा संक्रमित थपिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।यस्तै, पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट […]

Continue Reading

संसद विघटन लाई लिएर अदालतलाई दबाब दिएको-महान्यायाधिवक्ता बडाल

महान्यायाधिवक्ता रमेश बडालले संसद विघटनको मुद्दामा अदालतलाई दबाब दिन खोजिएको आरोप लगाएका छन् । संसद विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा उनले रिट निवेदक पक्षबाट अदालतलाई दबाब दिने काम भएको आरोप लगाएका हुन् । ‘मैले बुझेको स्वच्छ सुनुवाइ भइरहेको छैन, मिडिया ट्रायल किन भइरहेको छ ?’ उनले प्रश्न गरे । यसअघिको संसद विघटन मुद्दामा पनि […]

Continue Reading

सूचना प्रविधिमा नयाँ कुरा आउन नसकेको विज्ञहरुको भनाइ

सरकारले शनिबार प्रस्तुत गरको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसम्बोधन गर्ने नयाँ कुरा आउन नसकेको विज्ञहरुले बताएका छन् ।  अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा सूचना प्रविधि क्षेत्रमा आएका कुरा पुराना, कार्यान्वयन हुन नसकेका र आयातमूखी क्षेत्रलाई प्रोत्साहन हुनेखालका रहेको उनीहरुको भनाइ छ ।  बजेटमा निजी क्षेत्रले राखेका माग र अहिलेको […]

Continue Reading

जेठ २२ गते सम्म थपियो लकडाउन

जाजरकोट, जेठ १४ : जाजरकोटमा निषेधाज्ञा (लकडाउन)को अवधी पुनः एक साता थप गरिएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँँ भेरिएन्ट सहितको संक्रमण तिव्र रुपमा बढ्दै गैरहेको र अझै नियन्त्रणमा आउन नसकेको हुँदा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आगामी जेठ २२ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको हो । यस अघि बैशाख १८ […]

Continue Reading

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको […]

Continue Reading

सरकारी कर्मचारीको मासिक तलब २ हजार बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले निजामती कर्मचारीको मासिक तलबमा दुई हजार रुपैयाँ बृद्धि गरेको छ । कोरोना- १९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत तलब बढाउने अवस्था नभएपनि राष्ट्रसेवकको मनोबल बढाउने साउन १ गतेदेखि लागू हुने गरी दुई हजार बढाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा हाल दिइएको […]

Continue Reading