गौतमबुद्ध विमानस्थल सञ्चालनको तयारी, एरो थाईका दक्ष प्राविधिक आइपुगे

मोहम्मद हबिब/भैरहवा रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानसथलमा मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आएका छन् ।  बुद्धबार सडक मार्ग हुँदै काठमाडांैबाट भैरहवा आएका प्राविधिकहरूले काम सुरु गरेका छन् । उनीहरू क्यालिब्रेसन फलाइट गरेर मात्र स्वदेश फर्कने […]

Continue Reading

उखुबारीमा गाडेको अवस्थामा शव उत्खनन, दुवैको पहिचान खुल्यो,

१६ माघ, विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ को उखुबारीमा खाल्डो खनेर गाडिएका दुई व्यक्ति एक अर्काको साथी रहेको खुलेको छ । अर्काे शवको पनि पहिचान खुलेपछि दुवै साथी रहेको खुलेको हो । उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र बिहीबार दिउँसो एउटा शव उत्खनन गरेको थियो । बिहीबार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा धरान […]

Continue Reading

स्थानीय तहको निर्वाचन जेठभित्रै गर्न सत्ता गठबन्धनको सरकारलाई सुझाव

सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ। शनिबार दोस्रो पटक बसेको सत्ता गठबन्धनको उच्च स्तरीय संयन्त्र बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवामार्फत्  सरकारलाई सुझाव दिएको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यस्तै संविधानसँग बाझिएका कानुनलाई संशोधन गर्नुपर्ने भए त्यो तयारी गर्नको निम्ति पनि सरकारलाई आज बसेको उच्च स्तरीय संयन्त्र बैठकले […]

Continue Reading

सर्वसाधारलाई ठगी गर्दै सहकारी सँस्था

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं, १२ आदर्शनगर चोक स्थित रहेको श्री निधी बचत तथा ऋण सहकारी सँस्थाले सर्वसाधारलाई ठगी गरिरहेको पाइएको छ । आदर्शनगर चोकदेखि उत्तरतर्फ पूर्वपट्टि रहेको उक्त सहकारी सँस्थाले कर्जाको दोब्बर रकमको दृष्टिबन्धकको कागज बनाउने गरेको तथ्य फेला परेको छ । सहकारी सँस्थाले कर्जा दिने बेलामा जग्गा, जमिन रोक्का गराउँदा बैंकले ऋणिसँग गराउने […]

Continue Reading

मुलुकभर पछिल्लो २४ घण्टामा १० संक्रमितको मृत्यु, थप ६८२७ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८६९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो […]

Continue Reading

प्र्याङ्क  भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी

गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्र्याङ्क  भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्याङ्क  भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । गृहले अनुमतिविना तस्बिर पनि नलिन भनेको छ । मन्त्रालयले सार्वजनिक स्थलमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा […]

Continue Reading

सशस्त्र प्रहरी बलले १६० केजी गाजा बरामद

सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलाेग्राम गाजा बरामद गरेको छ ।सशस्त्र प्रहरी छिनमस्ता बाहीनीबाट खटिएको टाेलीले रानीरतवाडाबाट गाजा बरामद गरेको हो । सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको  परालको टौवाबाट १ सय ६० गाजा फेला परेको हो ।  परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाजा रहेको प्रहरीले जनाएको […]

Continue Reading

अनुमति बिना तस्बिर र भिडियो खिच्न र सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही गर्ने, गृहमन्त्रालय

काठमाडौं । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति÷अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ । सार्वजनिकस्थलमा […]

Continue Reading

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी बिषयमा बादबिवाद तथा झै-झगडा हुँदा आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका […]

Continue Reading

मुलुकभर थप १५ संक्रमितको मृत्यु, ८०१७ जनामा कोरोना पुष्टि,

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो […]

Continue Reading