वडा न १८ को वडा भेला सप्पन्न

समाचार

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले शनिबार वडा भेला सम्पन्न गरेको छ ।

आगामी आव २०८०- ८१ को वडा स्तरीय योजना तथा कार्यक्रम तर्जुमाका लागि वडा भेला आयोजना गरिएको वडा अध्यक्ष दिपक वर्माले जानकारी दिनुभयो ।

वडाबासीहरुको खचाखच उपस्थिती रहेको कार्यक्रममा वडा अध्यक्ष वर्माले सडक तथा पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य र खानेपानी तथा कृषिमा पनि प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँले वडा तथा उपमहानगपालिका सहित प्रदेश तथा संघ सरकारबाट प्राप्त सहयोगमा वडाभित्र विकास निर्माणका कार्य अघि बढाइएको जानकारी दिदैं ठुलो र धेरै बस्ती भएका कारण अझैपनि धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले वडाबासीको आवश्यकता अनुसार प्राथमिकीकरण गरेर योजना छनौंट गर्न सुझाव दिनुभयो ।भेलामा वडा अध्यक्ष वर्माले चालु आर्थिकवर्षमा सम्पन्न भएका योजनाहरु बारे जानकारी दिनुभएको छ ।

सो कार्यक्रममा आगामी आर्थिकवर्षका लागि विभिन्न योजना स्थानीयबासीले माग गरेका छन् । आगामी आवको बजेट सिलिङ प्राप्त भएपछि वडा भेला गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *