कोरियामा भीषण आगलगाी, ९ सय दमकल र सात हेलकोप्टरको प्रयोग !

अन्तराष्ट्रीय शिक्षा

काठमाडौं : दक्षिण कोरियाको राजधानी सोलस्थित झुग्गी बस्तीमा आगलागी भएको छ। शुक्रबार बिहान आगलागी हुँदा ६० भन्दा घर जलेर नस्ट भएको अधिकारीहरूले जनाएका छन्। 

मानवीय क्षतिबारे कुनै विवरण नभए पनि सयौं स्थानीयको उद्धार गरिएको बीबीसीले जनाएको छ। 

आगलागी नियन्त्रण गर्न ९ सय बढी दमकल र सता वटा हेलिकोप्टर प्रयोग गरिएको थियो। आगलागीको कारण अहिलेसम्म खुलेको छैन। 

उक्त बस्तीमा अधिकांश घर काठले बनेका छन्। कोरियन टाम्सका अनुसार उक्त बस्तीमा पछिल्लो १३ वर्षमा १६ पटक आगलागी भइसकेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *