
मुगु । कर्णाली प्रदेश खेककुद विकास परिषदको आर्थिक सहयोग र मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारालालको किनारमा पहिलो पटक आयोजना गरिएको कर्णाली प्रदेश स्तरीय रारा कप खुल्ला महिला÷पुरुष कबड्डी प्रतियोगिता सम्पन्न भएको छ ।
मिति २०८१ बैशाख २७ गते देखि २८ गतेसम्म संचालन भएको उक्त प्रतियोगिताको उपाधि पुरुषतर्फ दैलेखलाई हराउदै सुर्खेतले प्रथम उपाधि हात पारेको छ भने महिलातर्फ पनि सल्यानलाई हराउँदै सुर्खेतले प्रथम उपाधि हात पारेको हो ।

उक्त फाइनल प्रतियोगितामा पुरुषतर्फ सुर्खेतले ४७ अंक प्राप्त गर्दा दैलेखले २९ मात्र बनाइ उप बिजेता भयो । त्यस्तै महिलातर्फ सुर्खेतले २९ अंक प्राप्त गर्दा सल्यानले २७ अंक मात्र प्राप्त गरी उप बिजेता भएको थियो ।
नक आउट विधिबाट खेलाइएको खेलमा पुरुषतर्फ तृतीय जाजरकोट र सल्यान भए भने महिलातर्फ जाजरकोट र कालिकोट तृतीय भए । उक्त प्रतियोगितामा पुरुष टिमतर्फ हुम्ला बाहेक कर्णाली प्रदेशका अन्य ९ जिल्लाको सहभागिता रहेको थियो महिला टिमतर्फ डोल्पा, हुम्ला र रुकुमपश्चिम बाहेकका अन्य ७ जिल्लाको सहभागिता रहेको थियो ।
यो प्रतियोगिता सम्पन्न गर्नको लागि सहयोग गर्नु हुने १० वटै जिल्ला खेलकुद विकास समितिलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद हार्दिक आभार प्रकट गर्दछ । विषेश त आयोजकको जिम्मेवारी लिएर सबै प्रतियोगिताको व्यवस्थापन गर्ने मुगु जिल्ला खेलकुद विकास समितिलाई विषेश धन्यवाद दिन चाहान्छौ । साथै यो प्रतियोगिता सफल पार्न खट्नु हुने निर्णायक, प्रशिक्षक,व्यवस्थापक,अफिसियलहरु सबै सबै प्रति कर्णाली प्रदेश खेलकुद विकास परिषद आभार प्रकट गर्दछ । आउने दिनमा पनि यस्तै सकरात्मक सहयोगको अपेक्षा सहित सबै सबैमा हार्दिक धन्यवाद ।
