अखिल क्रान्तिकारी नेपालगन्जले इजरायलमा दिवङ्गत प्रति गर्यो दिप प्रज्वलन

मुख्य खबर

नेपालगन्ज : इजरायलमा विद्रोही संगठन हमासले आक्रमण गर्दा ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा आज साँझ अखिल (क्रान्तिकारी) नेपालगंज उप-महानगर कमिटीकाे आयोजनामा नेपालगंजकाे बिपी चाेकमा दीप प्रज्वलन गरिएकाे छ । विद्रोही संगठन हमासको आक्रमणमा परी सुदूर पश्चिम विश्वविद्यालयबाट कृषि विषय लिएर लन एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायलको किबुजस्थित कृषि फराममा इन्टर्नमा रहेका अखिल क्रान्तिकारका सुदुरपश्चिम बिश्वबिद्यालयका राष्ट्रिय समितिका सचिव गणेश कुमार नेपाली लगायत १० जना बिद्यार्थीहरु इजरायल र प्यालेसटान्टकाे सिमावर्ति सहर गाजामा असोज २० गते शनिवार हमास समुहले हमला गरी मृत्य भएकाे थियाे भने केही घाइते भएका हुन् ।

विद्यार्थी संगठनहरुले नेपाल सरकारलाई उनीहरुको लास नेपाल ल्याउन तत्काल पहल गर्नुपर्ने, घाइतेको उपचार र अन्य इजरायलमा भएका नेपालीहरुलाई तत्काल नेपाल  फर्काउन नेपाल सरकारले काम गर्न अखिल (क्रान्तिकारी) बाँके जिल्ला सचिव सुनिल बटालाले अनुरोध गरेका छन् । दिप प्रज्वलन कार्यक्रममा अखिल  (क्रान्तिकारी)का केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्य प्रकास घर्ति मगर, केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज तुल्सीमणी के.सी,  लुम्बिनी प्रदेश सह-इन्चार्ज बिनाेद बराल, केन्द्रिय सदस्य बाँके जिल्ला इन्चार्ज सुरेन्द्र शाह जम्बो लगाएकाे उपस्थिति रहेको थियाे ।  दिप प्रज्वलन कार्यक्रमकाे संचालन अखिल (क्रान्तिकारी) नेपालगंज उप-महानगर कमिटी अध्यक्ष  बिष्णु कनोजियाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *