
अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा स्विडेनलाई पराजित गरि स्पेन पहिलो पटक फाइनल प्रवेश गरेको छ ।
मंगलबार न्युजिल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्पेनले स्विडेनलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा साल्मा पोरेलु र ओल्गा कार्मोना ले समान १-१ गोल गरिन्। उता स्विडेनका लागी ब्लोभिस्टले १ गोल गरिन् ।
स्पेनले अब उपाधिका लागी बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासॅंग खेल्नेछ । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र सह-आयोजक अष्ट्रेलिया खेल्नेछन् ।
