निडर र नेतृत्वदायी क्षमताका धनी – चिरञ्जीवी

मुख्य खबर

अब्दुल वाहिद मन्सुरी नेतृत्वको नेपालगन्ज उद्योग वाणिज्य संघले काेभिड-१९,आर्थिक संकट जस्ता विषम परिस्थितिकाे सामना गर्याे । बिषम् परिस्थितिकाे सामना गर्दै उद्योगी व्यवसायीकाे हितमा अधिकतम भन्दा अधिकतम काम गरेर देखाएको कार्यसमितिको महासचिव हुन चिरञ्जीवी ओली ।

ओलीले तीन बर्षको कार्यकालमा महासचिवकाे भुमिका जसरी निर्बाह गरे त्यसबाट उनी ‘हक्की’ नेताकारुपमा व्यवसायी माझ परिचित भएका छन् । व्यवसायीका मुद्दाका पक्षमा जाेडदार र शसक्तरुपमा उनले आवाज उठाएका छन्। मुद्दामा प्रष्टसंग बाेल्ने ओली संघर्षबाट खारिएका इमान भएका व्यवसायीक नेता हुन ।
असल शासनको अभियानता, पत्रकारिता हुँदै नेपालगन्जका व्यापार व्यवसायमा सफल भएका युवा व्यवसायी हुन, ओली । असल शासनको अभियानताका रुपमा कुनै बेला उनी बाँकेका गाउँ–गाउँमा पुगेर सुशासनका लागि जनता जगाउँथे । बाँकेको असल शासनको सुरुवाती चरणका थोरै मात्र अभियानतामा उनी पनि पर्छन् ।

असल शासनको अभियानताका रुपमा काम गदै गर्दा ओलीले ६० सालपछि रेडियो भेरी आवाजबाठ सक्रिय पत्रकारिता सुरु गरे । असल शासन अभियानमा लाग्दा लाग्दै अब पत्रकारिताका माध्यमबाट समाज सुधारको काम गर्नुपर्छ भनेर पत्रकारिता सुरु गरे । उनले चलाएका रेडियो बहस र सामाजिक उत्थानका कार्यक्रम उत्कृष्ट मानिन्थ्यो । उनले थुप्रै स्रोता कमाएका थिए ।

जतिबेलासम्म सक्रिय पत्रकारितामा रहे मैले इमानदारितापूर्वक काम गरे । पेशागत मर्यादालाई उचो राखे । २०६५ सालपछि भने व्यवसायमा हात हाले । ओलीले केही समय कोल्ड स्टोर हुँदै त्यसपछि मोवाइलको डिलरमा हात हाले । उनी प्रोपराईटर रहेको ओली टे«ड लिंक लाभा मोवाईलको डिलर हो । ओली जुन पेशा व्यवसाय अपनाउँछन् त्यहा लगनशिल र इमानदार भएर काम गर्छन । यही कारणले उनको फर्म उत्कृष्ट बन्दै पटक पटक पुरस्कृत भएको छ ।

नेपालगन्ज पेट प्लास्ट उद्योग संचालन गर्दै आएका छन् ।

व्यापार व्यवसाय गर्ने मात्र होइन व्यवसायीको हकहितमा समेत सक्रिय हुँदै आएका छन् । उनी व्यवसायीका यस्ता युवा नेताका रुपमा स्थापित छन् जो निडर भएर व्यवसायीका पक्षमा जहाँ पनि बोल्ने सार्मथ्य राख्छन् । नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसिएसनको संस्थापक महासचिव हुँदै अहिले अध्यक्ष समेत भए । उनकै नेतृत्वका कारण उक्त एशोसिएसनलाई स्थापित भयाे । आज इलेक्ट्रोनिक्स एशोसिएसन छोटो समयै व्यवसायी माझ चिनिन सफल भएको छ ।

व्यवसायीकको हकहितका पक्षमा खुलेर जस्तो सुकै निकाय र व्यक्तिगत कुरा गर्न ओलीले संकोच मान्दैनन् । दिन होस् चाहे रात ! कुनै व्यवसायी समस्यामा पर्दा सूचना पाउँदा साथै घरदैलोमा पुग्ने उनको स्वभाव धेरैका लागि अनुकरणीय छ । बिषयगत मुद्दालाई टपक्क टिपेर ती मुद्दालाई सटिक ढङ्गले राख्ने भएकै कारण धेरै व्यवसायीले ओलीलाई निडर व्यवसायीको नेताका रुपमा चिन्छन् । संघर्षशिल, इमानदार र निडर स्वभावका ओली उद्योग उपाध्यक्षमा निर्वाचित भएपछि आगामी दिनमा व्यवसायीक मुद्दा सशक्तरुपमा उठ्ने अपेक्षा गरिएको छ ।– nagariksamaj

Leave a Reply

Your email address will not be published. Required fields are marked *