स्वयंसेविका स्व.बिसिको परिवारलाइ गाउपालिकाले गर्यो आर्थिक सहयोग

मुख्य खबर

खजुरा: बाँकेको खजुरा गाउँपालिकाले खजुरा वडा नम्बर ४को आधारभुत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका स्व. ललिता बिसीकाे परिवालाई सहयोग गरेको छ ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका पदमा कार्यरत स्व. ललिता बिसीको मृत्यु भएको पाँचौ दिनको दिन खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर बिकले मृतकको घरमा मृतकका परिवारसङ्ग भेटघाट गरी गाँउपालिकाको तर्फबाट ५०हजार आर्थिक सहयोग गरेकाे खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले जानकारी दिनुभयो ।

स्व. ललिता बिसि खजुरा गाँउपालिकाकाे वार्ड नं ०४ अन्तर्गतको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा बिगत लामो समय देखि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका पदमा काम गर्दै आउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *