
असार ७ गते नेपालगन्ज
नेपालगन्ज उप-महानगरपालिकाको वडा न.४ को वडा भेला सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०-८१ को लागि वार्षिक कार्य योजना तर्जुमासहित भेला सम्पन्न भएको हो ।
भेलामा विभिन्न राजनीतिक दलका अगुवा, शिक्षक, समाजसेवी, संघ-संस्थाका प्रतिनिधि र वडावासीको उपस्थितिमा सुरु भएको थियोे । भेलामा वडाबासीको मागलाई प्राथमिकता दिदै अब हुने ०८०-८१ मा नेपालगन्ज उपमहानगरपालिका भित्र पर्ने सडक, विजुली वत्ती, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका योजना माग गरेका छन् ।

वडा अध्यक्ष गोपाल पुनका अनुसार टोलबासी योजना माग नै वडाको विकास हो । टोलमा के समस्या छ हामी बुझेर साधान गर्ने गरेका पनि छोै र आफनो कार्यकालभर यश वडालाई नमुना वडा बनाउने दोैडमा रहेको बताए । जस्तै नेपालगन्ज उपमहानगरपालिका वडा न.४ को स्वास्थ्य चोैंकीमा डाक्टरको सेवा छ तर मानिसहरु भेरी र नर्सिङ जाने गर्छन् । यसपटक ल्यापमा पनि वृद्धि गरेर सबै सुविधा सम्पन्न सहित सेवा दिने तयारीमा रहेको अध्यक्ष बताए । टोल-टोलमा सिसिटिभि जडान साथै सोलार लाइट जडान , वडाका विद्यालयमा निगरानी, बसपार्क सुधार, राजस्व संकलनमा जोड , विद्यालय र स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, मठमन्दिर लगायत सार्वजनिक जग्गाको संरक्षण, सीप विकास कार्यक्रम सञ्चालन, कृषिको लागि प्रोत्साहित गर्ने र आत्मनिर्भर गराउने कार्यक्रमलगायत योजनाका साथ आफ्नो वडा अघि बढाउने अध्यक्षले बताए ।
