
नेपालगन्ज : इङ्ल्यान्डका कप्तान तथा बायर्न म्युनिखका फरवार्ड ह्यारी केनले बालोन डि ओर अवार्ड २०२६ जितेका छन् ।

उनले आफ्नो करियरमा पहिलो पटक यो अवार्ड हात पारेका हुन् । प्रतिष्ठित अवार्ड यसपटक इङ्ल्यान्डको लन्डनमै आयोजना भएको थियो ।
३ं३ वर्षीय केनले सिजन २०२५–२६ मा ६१ गोल गरिसकेका छन् । उनको टिमले गत सिजन जर्मन बुन्डेसलिगाको उपाधि जितेको थियो । त्यस्तै अमेरिकामा भएको विश्वकपको सेमिफाइनल खेल्यो ।
यता, लगातार दुई पटक च्याम्पियन्स लिग जितेको पेरिस सेन्ट जर्मेन (पिएसजी) पुरुष उत्कृष्ट टिम बनेको छ । बार्सिलोनाको महिला टिम उत्कृष्ट महिला टिम घोषित भयो । बार्सिलोनाको महिला टिमले सिजन २०२५–२६ मा ट्रेबल जितेको थियो ।
यता, बार्सिलोना पुरुष टिमका लामिन यमल लगातार तेस्रो पटक उत्कृष्ट युवा खेलाडी चुनिएका छन् । उनी यो उपलब्धी हासिल गर्ने पहिलो खेलाडी समेत हुन् ।

