आज एल क्लासिको, बार्सा मैदानमा

मुख्य खबर

नेपालगन्ज : स्पेनिस ला लिगाको बहुप्रतिक्षित खेल एल क्लासिकोमा आइतबार बार्सिलोना र रियाल मड्रिड आमने–सामने हुँदैछन् । बार्सिलोनाको क्याम्प नोउमा हुने खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे हुनेछ ।

ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो अग्रता बलियो बनाउने लक्ष्यमा हुनेछ । हान्सी फ्लिकको टोलीले लिगमा सबै ९ खेल जितेको छ ।

यता, रियाल लगातार चार खेल जित्दै एल क्लासिकोमा उत्रनेछ । जोसे मउरिन्होको नेतृत्वमा रहेको टोलीले पछिल्लो समय लय समातोको छ । बुधबार आरबी लाइपजिगलाई पराजित गरेको रियालले बार्सिलोनालाई हराउँदै उपाधि दौडमा आफ्नो स्थिति बलियो बनाउने प्रयास गर्नेछ । रियालले लिगमा सात खेल जितेको छ । रियालले दुई हार एट्लेटिको मड्रिड र रियाल बेटिसविरुद्ध बेहोरेको छ ।

हेड टु हेड हेर्ने हो भने यी दुईबीचको पछिल्लो सात एल क्लासिकोमध्ये ६ खेलमा बार्सिलोना विजयी भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *