निक्षेपको ६ गुणा हुने मुद्दती खाता, नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो ९० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा एनआइबिएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंककाे अनुसार यस मुद्दती खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, न्यूनतम १० हजारमा मुद्दती खाता खोल्न सकिने, नि:शुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने र सावाँ तथा ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ […]

Continue Reading

भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको निधन

प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ।  हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो। उनी ९२ वर्षकी थिइन्।  केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो।  मंगेशकरको जन्म सन् १९२९ सेप्टेम्बरमा मध्य प्रदेशको इन्दोर सहरमा भएको थियो। उनको परिवारको पृष्ठभूमि शास्त्रीय संगीतको थियो। औपचारिक शिक्षा […]

Continue Reading

फागुन १६ गतेभित्र संसदबाट एमसीसी अनुमोदन गरिसक्न देउवा र प्रचण्डलाई अमेरिकाको पत्र

२३ माघ, काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा दिएको छ । नेपालमा एमसीसी कार्यान्वयनको विषयमा सत्ता गठबन्धनभित्र तीव्र मतभेद भइरहेका बेला अमेरिकाले भने फागुन १६ गतेभित्र एमसीसी संसदबाट अनुमोदन गरिसक्न पत्राचार गरेको हो । अमेरिकी सरकारको सहायता परियोजना एमसीसीका कार्यवाहक प्रमुख […]

Continue Reading

हिउँले कठ्यांग्रिएर जुम्लामा दुईजनाको मृत्यु, दर्जनौं फसेको अनुमान

जुम्लामा  हिउँले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ ।  तातोपानी गाउपालिका-७ वारा गाउँका ४२ बर्ष मुन रावत र तातोपानी-८ की ३७ वर्षकी देवी शाहीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको  प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार वडा नम्बर ७ का पुरुष गोठालो गएको समयमा हिउँमा परेर मृत्यु भएको र महिलाको सेतो चिनी […]

Continue Reading

हत्यामा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ

मोरङ, हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।  उनीहरुमध्ये दिनानाथलाई मोरङ विराटनगर महानगरपालिका-५ दामाबन्दी चोकबाट अनिल कुमारलाई काठमाडौं महानगरपालिका-१३ बल्खुबाट र नासिर आलमलाई मोरङ विराटनगर    महानगरपालिका-१७ मटेरूवाबाट बिहीबार प्रहरीले पक्राउ गरेको  हो ।  पक्राउ पर्नेहरुमा जहदा गाउँपालिका-४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने […]

Continue Reading

रेल चलाउने तयारी, धनुषाका स्थानीयवासी हर्षित

काठमाडौँ — धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित छन् । रेलमा चढ्ने वर्षाैँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको हो । रेल्वे लिकको काम सकिएको लामो समयसम्म पनि रेल सेवा […]

Continue Reading

मन्त्रालय दाङमा, मन्त्री र कर्मचारी बुटवलमा

बुटवल :स्थायी पूर्वाधारबिना मन्त्रालय सारिँदा लुम्बिनी प्रदेशका मन्त्रालय बेवारिसे बनेका छन् । प्रदेश सरकारले दुईवटा मन्त्रालय लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सारेको छ । मन्त्रालय सारिए पनि मन्त्री र कर्मचारी भने बुटवलमै छन् । देउखुरीमा मन्त्रालयको बोर्ड झुण्ड्याइएको छ, तर मन्त्री बस्दैनन् । राप्ती गाउँपालिका-३ मा रहेको राप्ती प्राविधिक शिक्षालयभित्र ग्रामीण, सहरी तथा पर्यटन […]

Continue Reading

प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जीप दुर्घटना !

प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा ६ जनाकाे ज्यान गएकाे छ । मृतक पहिचान खुल्न सकेकाे […]

Continue Reading

फागुन १ गतेदेखि बिधालय खोल्न सुझाव

काठमाडौँ — कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश […]

Continue Reading

३ हजार ५ सय घुस लिने वडासचिव विनोदप्रसाद अख्तियारको फन्दामा

बारा: सेवाग्राहीसँग घुस लिने नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। पबाराको कोल्हवी नगरपालिका, वडा नं. ११ रामपूर्वाका वडासचिव ना.सु. विनोदप्रसाद साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग ३ हजार ५ सय घुस लएको भन्दै अख्तियारले नियन्त्रणमा लिएको हो।  उनलाई आयोगको हेटौंडा कार्यालयबाट खटिएका टोलीले उनको कार्यालयबाट नियन्त्रणमा लिएको थियो। यसबारे थप अनुसन्धान भइरहेको […]

Continue Reading