वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ, को हुन दुर्व्यवहार गर्ने ?

२८, फागुन, चितवन । चितवनको कालिका नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार वडाध्यक्ष रिजाललाई दुर्व्यवहार गरेको आरोपमा भण्डाराका गुणराज श्रेष्ठ र अर्का एकजनालाई पक्राउ गरिएको हो । यही फागुन २३ गते वडा कार्यालयमा सेवाग्राहीसँग बसिरहेका बेला वडाध्यक्ष रिजालमाथि ६/७ जना […]

Continue Reading

पाकिस्तानी भूमिमा मिसाइल प्रहार भएकोमा क्षमा चाहन्छौँ, भारत

काठमाडौं । गत मार्च ९ मा पाकिस्तानमा मिसाइल प्रहार भएकोप्रति भारतले पाकिस्तानसँग क्षमा याचना गरेको छ । भारतीय रक्षा मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै शुक्रबार प्रविधिक त्रुटिका कारण पाकिस्तानी भू-भागमा मिसाइल प्रहार भएको भन्दै क्षमा मागेको हो । ‘मार्च ९, २०२२ का दिन नियमित मर्मतका क्रममा प्राविधिक गडबढी हुँदा भूलवश मिसाइल प्रहार हुन गएको हो,’ नयाँ […]

Continue Reading

शस्त्र प्रहरीले श्रोत नखुलेको १८ लाख ७३ हजार रकमसहित शुक्रबार एक भारतीयलाई पक्राउ गरेको छ

अनमोल कार्की रौतहट । सशस्त्र प्रहरीले श्रोत नखुलेको १८ लाख ७३ हजार रकमसहित शुक्रबार एक भारतीयलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर, रौतहटको टोलीले शुक्रबार बौधिमाई नगरपालिका– ९ सरमुजवा स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ती व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पूर्वी चम्पारण महंगुआ गुरहनवा ग्राम पन्चायत वडा […]

Continue Reading

मतदाता सबैभन्दा कम रहेका ३ जिल्ला र ३ पालिका

७ फागुन, काठमाडौं । सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङ हो । निर्वाचन आयोगका अनुसार मनाङमा ६ हजार ५७१ मतदाता रहेका छन् । मनाङपछि मुस्ताङ कम मतदाता रहेको जिल्ला हो । मुस्ताङमा १० हजार ७९० जना मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता रहेको ३ जिल्लामा डोल्पा पनि परेको छ । डोल्पामा २२ हजार ६५१ […]

Continue Reading

ठूलो संख्याको रुसी सेना, युक्रेनी राजधानी किभ नजिकै पुग्यो

एजेन्सी । युक्रेनमा आक्रमण गरेको दुई सातापछि रुसी सेना युक्रेनी राजधानी किभ नजिकै पुगेका छन् । युद्ध शुरु भएको पहिलो साता नै ठूलो संख्यामा किभतर्फ अघि बढेको रुसी फौज बीचमै रोकिएको थियो । बिहीबार रातिदेखि भने रुसी फौज किभतर्फ अघि बढेको र राजधानी भन्दा पाँच किलोमिटर मात्रै पर रोकिएको जनाइएको छ । रुसी सेना युक्रेनको राजधानी […]

Continue Reading

चरम महँगी विश्वव्यापी , डलर, सुन र पेट्रोलियमको मूल्य हालसम्मकै उच्च

काठमाडौं : अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिको प्रभाव नेपालको अर्थतन्त्रमा परेको छ। पेट्रोलियम पदार्थ, डलर र सुनको मूल्य चर्किँदा समग्रमा अर्थतन्त्र महँगीको चपेटामा परेको हो। युक्रेन र रूसको युद्धले पेट्रोलियम तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा आकासिएको छ। अमेरिकी डलरको भाउ नेपालकै इतिहासमा अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ। सुनमा पनि एकै दिन २ हजार ५ सय रुपैयाँले बढेर अहिलेसम्मको उच्च […]

Continue Reading

फुङलिङ बजारमा आगलागी, दुई वटा घरमा क्षति

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ नगरपालिका–४ कोप्चेमा आज बिहान आठ बजेतिर आगो लागेको हो । आगोले दुई वटा घरमा क्षति पुगेको र नियन्त्रणको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिनुभयो । नगरपालिकाको दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली आगो निभाउन खटिएको उहाँले बताउनुभयो । बीच बजारमा […]

Continue Reading

हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते

रुकुम फागुन २७ गते ।रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका वडा नम्बर ९ को बालकल्याण माध्यमिक विद्यालयको जस्ता हिजो बेलुका आएको हावाहुरीले उडाउँदा शिक्षकरविद्यार्थीसहित पाँच जना घाइते भएका हुन् । हावाहुरीका बेला विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको थियो । खेलकुद कार्यक्रममा सहभागी हुन र हेर्न […]

Continue Reading

युक्रेनका लागि अमेरिकाले १३ बिलियन डलर सहयाेग गर्ने विधेयक पारित

एजेन्सी । अमेरिकी प्रतिनिधि सभाले बुधबार साँझ संघीय सरकारलाई सेप्टेम्बर ३० सम्म कोष र युक्रेनलाई रुसी सैन्य कारबाहीका क्रममा १३.६ बिलियन डलर सहयोग उपलब्ध गराउन सर्वसुलभ खर्चसम्बन्धी विधेयक पारित गरेको छ। विधेयकले सेप्टेम्बर ३०, २०२२ सम्म अमेरिकी सरकारलाई कोष सञ्चालन अनुमति दिनेछ। हालको कोष शुक्रबार मध्यरातमा समाप्त हुँदैछ। विधेयकले ७३० बिलियन गैर रक्षा कोष र ७८२ […]

Continue Reading

युद्ध विमान युक्रेनलाई दिने प्रस्तावबाट अन्तत: अमेरिका पछि हट्यो

रूसमा बनेका पोल्याण्डका मिग-२९ युद्ध विमान युक्रेनलाई दिने प्रस्तावबाट अन्तत: अमेरिका पछि हटेको छ। पोल्याण्डको सो प्रस्ताव अमेरिकाले इन्कार गरेको संचार संस्था रोयटर्सले जनाएको छ। युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीको आग्रहमा युद्ध विमान युक्रेन पठाउने विषयमा अमेरिकाले केहि समयदेखि पहल गरिरहेको थियो। पहिलेको वार्सा संगठनको सदस्य र अहिले नेटोको सदस्य राष्ट्र पोल्याण्डसँग रहेका रूसका युद्ध विमान युक्रेनलाई पठाउने सम्बन्धमा अमेरिकाले केहि […]

Continue Reading