

नेपालगन्ज – कोभिड महामारीको समयमा देशव्यापी लकडाउन हँदा जसको कारण सम्पूर्ण कलेज भौतिक रुपमा सञ्चालन हुन सकेका थिएनन् । त्यस अवधिमा सम्पूर्ण कलेज हरुले वैकल्पिक माध्यमबाट प्रशिक्षण गराएका थिए।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) ले २०७८ भाद्र ९ गते गोरखा पत्रमा वैकल्पिक माध्यमबाट प्रशिक्षण गराएको अवधि भरको १५% छुट दिने सुचना प्रकाशित गरेको थियो तर ३,४ महिना बितिसक्दा सम्म विद्यार्थीले पटक पटक यो कुरा निकालिरहदा पनि सम्बन्धित कलेजहरुले कुनै सुनुवाई गरेनन । त्यसपछि नेपालगञ्ज का CTEVT अन्तर्गत का सम्पूर्ण टेक्निकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले मंसिर १४ गतेबाट सबै कलेजहरुमा विरोध गर्दै आएका छन् ।


सिटीइभिटीबाट मान्यता प्राप्त नेपालगन्जका शिक्षण संस्थाहरुका सयुंक्त विद्यार्थीले १५ प्रतिशत छुटको माग गरेका छन् । सिटिइभिटीले भदौको ९ गते गोरखा पत्रमा प्रकाशित सूचना अनुसार वैकल्पिक माध्यमबाट पठनपाठन भएको अवधिभर सम्मका लागि सम्पूर्ण कजेजलाई १५ प्रतिशत शुल्कमा छुट दिने भनिए पनि त्यसको सुनुवाई अहिलेसम्म पनि नभएपछि त्यसको माग गर्दै विद्यार्थीले मंगलबारबाट आन्दोलन गरेका छन् ।


सिटीइभिटी अन्तर्गतका कलेजहरुले यसको सुनुवाई नगरेसम्म आन्दोलन जारी रहने विद्यार्थी नेताहरुको भनाई छ । नेपालगञ्जको रामलिला मैदानबाट सुरु गरेको आन्दोलन कलेज अफ अलाइड, नेपालगञ्ज टेक्निकल कलेज, बाट वि पी चोक हुदै भेरी टेक्निकल स्कूल हुदै कैलपाल कलेज एण्ड हस्पिटल सम्म विद्यार्थीहरुले १५ %को माग गर्दै विरोध र्याली गरेका हुन।
आज बुधबार पनि आन्दोलनको दोस्रो दिन मध्यपश्चिमाञ्चल प्राविधिक शिक्षालयमा र जिल्ला प्रशासन कार्यालय अगाडि नारा जुलुस लगाउदै विरोध प्रदर्शन गरेका हुन । विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर सिडियोलाई ज्ञापन पत्र पनि बुझाएका छन् । अहिले सम्म शान्ति पूर्ण आन्दोलन रहेको र अब पनि १५% छुट को सुनुवाई गरिएन भने कलेजहरुमा ताला लगाउने समेत चेतावनी दिएका छन् ।
यहाँ अध्ययन गर्ने कुनै धनि मानीका छोरा छोरी छैनन, दुर्गम तथा पिछडिएका जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट , अछाम, बाजुरा , बझाङ लगायत सबै मजदुरी गर्ने अनि भारतमा गएर पसिना बगाई ल्याएको पैसाले छोराछोरी पढाएका हुन । यहाँ पैसाको भन्दा पनि CTEVT ले निर्देशन दिएको १५% छुट नदिदा हक अधिकार मिचिएको विद्यार्थीहरुको भनाई छ ।

